एमाले अधिवेशनको तयारी पुरा, उद्घाटन गर्न केपी ओली आउने

सुर्खेत ।
नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको सो पार्टीले जनाएको छ । कर्णाली प्रदेशको प्रथम अधिवेशन भोलिदेखि सुर्खेतमा सुरु हुने भएको छ । कर्णाली राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हुने उक्त अधिवेशनको उद्घाटन पार्टिका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।

मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले अधिवेशनको तयारी पूरा भएको र अधिवेशनको उद्घाटन गर्न पार्टी अध्यक्ष ओली सुर्खेत आउने जानकारी दिए ।

रत्नराजमार्ग अवलोकन गर्दै अध्यक्ष ओली सुर्खेतमा हुने अधिवेशनको बुधबार दिउँसो १ बजे उद्घाटन गर्ने शाहले बताए । कर्णाली प्रदेश अधिवेशनको उद्घाटन सत्रमा एमाले महासचिव शंकर पोखरेल पनि सहभागी हुनेछन् ।

अधिवेशनलाई अवसरको रुपमा लिएको र तयारीका लागि एमाले प्रदेश तहको सम्पूर्ण शक्ति लागिरहेको जनाउँदै शाहले भने, ‘कर्णाली प्रदेशमा नयाँ नेतृत्व सर्वसहमतिले चयन गर्ने प्रयास छ ।

अधिवेशनमा पार्टी महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।
यस्तै, अधिवेशनमा १० जिल्ला र मोर्चासंगठन बाट ६ सय चार जना प्रतिनिधिले भाग लिनेछन् ।

जसमा एक सय ९५ जना महिला र चार सय सात जना पुरुष रहनेछन् । जसमध्ये ७३ जना पुरुष र ३८ महिला गरी एक सय ११ जना दलित प्रतिनिधित्व रहनेछ ।

जसमा जिल्लागत प्रतिनिधित्व (भूगोल अन्र्तगत) सुर्खेतबाट एक सय १२, जाजरकोट ७५, दैलेख ७४, कालीकोट ६५, हुम्ला ४८, जुम्ला ४८, डोल्पा ३९, मुगु ३३, रुकुमपश्चिम २३ गरी पाचँ सय ५४ जना र विभिन्न २२ वटा मोर्चा संगठनका ५० जनाको प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ ।

साथै, विहीवारे विहान ८ बजेदेखि बन्दसत्र शुरु हुनेछ । बन्दसत्रले पार्टीको राजनीतिक,सांगठानिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ, भने पाचँ जना पदाधिकारीसहित एक सय ३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ । (५) अधिवेशनको उदघाटन सत्रमा कम्तीमा पाचँ हजार जनसहभागिता रहनेछ ।

एमाले अधिवेशनको तयारी पुरा, उद्घाटन गर्न केपी ओली आउने

एयरपोर्ट विस्तारमा चार करोड बजेट, तर जग्गा

एमाले अधिवेशनको तयारी पुरा, उद्घाटन गर्न केपी ओली आउने

५० लाख मूल्य बराबरको मदिरा नियन्त्रणमा