मानवअधिकार रक्षक सम्मेलन सुरु

सुर्खेत । मानव अधिकार रक्षक सम्बन्धी दुई दिने कर्णाली प्रदेशस्तरिय सम्मेलेन सुरु भएको छ । शुक्रवार वीरेन्द्रनगरमा मानव अधिकार रक्षकको सरोकार, हरेक व्यक्तिको मानव अधिकार भन्ने मुल नारासहित सम्मेलन सुरु भएको हो ।

मानव अधिकारका क्षेत्रमा काम गर्दै आएको अनौपचारी सेवा केन्द्र इन्सेको आयोजनामा सुरु भएको सम्मेलनमा मानव अधिकार रक्षकको सुरक्षा, सम्वद्र्धन तथा क्षमता अभिवृद्धि सम्बन्धि आगामी रणनीति तय गरिने इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालले जानकारी दिए । कार्यक्रममो उद्घाटन गर्दै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादु जिसीले मानव अधिकार रक्षकका क्षेत्रमा काम गरिरहेकाहरुको सुरक्षा, सम्वद्र्धनमा सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै सम्मेलनबाट जारी हुने घोषणापत्र अनुसार आवश्यक कानून निर्माणमा सहजिकरण गर्ने प्रतिवद्धता जनाए ।
सम्मेलनमा कर्णालीका १० वटै जिल्लाका मानव अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्था तथा व्यक्तिहरुको उपस्थिती रहेको छ । उक्तम सम्मेलन शुक्रवार र शनिवार चल्ने छ ।






