कर्णालीमा दुई अर्ब बढी राजस्व घट्यो

सुर्खेत । गत वर्षको तुलनामा अझैपनि कणर्ाली प्रदेश सरकारले आफ्नो राजस्व आम्दानी बढाउन सकेको छैन । गत वर्ष २०७८/०७९ को चैत्र मसान्तसम्ममा कर्णाली प्रदेश सरकारले आफ्नो आम्दानी १४ अर्ब बढी पुर्याएको थियो । हाल चालु आर्थिक वर्ष २०७९/०८० मा चैत्र मसान्तसम्ममा कर्णाली प्रदेशले आफ्नो आम्दानी ११ अर्ब बढी मात्र पुर्याएको छ ।

गत वर्षको तुलनात्मक अध्ययनमा चैत्र मसान्तसम्ममा कर्णाली प्रदेश सरकार आफ्नो आन्दानीमा दुई अर्ब ६४ करोड बढी राजस्व आम्दानीमा पछाडी छ । गत आर्थिक वर्षको तुलानात्मक राजश्व आम्दानीमा कणर्ाली प्रदेश सरकारले दुई अर्ब ६४ करोड सात लाख ३८ हजार नौं सय ८१ रुपैयाँले कमी छ ।
२०७८/०७९ मा कर्णाली प्रदेश सरकारले २५ अर्ब २४ करोड ६५ लाख २६ हजार रुपैयाँ आम्दानी गरेको थियो । तर चालु आर्थिक वर्षको अन्तिमका तीन महिना बाँकी रहँदा हालसम्म कणर्ालीको राजस्वमा ११ अर्ब ९४ करोड १६ लाख ६ हजार नौँ सय ४० रुपैयाँ राजस्व जम्मा भएको देखिन्छ ।
गत आर्थिक वर्षको तुलनात्मक अध्ययनमा ०७८ चैत्र मसान्तसम्म र ०७९ चैत्र मसान्तसम्ममा कणर्ाली प्रदेश सरकारको राजस्व आम्दानीलाई दाँज्दा दुई अर्ब ६४ करोड सात लाख ३८ हजार रुपैयाँको फरक देखिन्छ । चालु आर्थिक वर्ष २०७९/०८० मा चैत्र मसान्तसम्ममा कणर्ाली प्रदेश सरकारले कृषिमा लाग्ने आय करबाट एक रुपैयाँ पनि आम्दानी गरेको छैन ।
प्रदेश लेखा नियन्त्रकको कार्यालयबाट प्राप्त तथ्यांक बमोजिम कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा बाँडफाँडबाट प्राप्त हुने घरजग्गा रजिष्टेशन दस्तुरबाट ६ करोड आठ लाख ३८ हजार तीन सय ८९ रुपैयाँ प्राप्त गरेको छ । यसैगरी बाँडफाँडभई प्राप्त हुने मूल्य अभिवृद्धि करबाट तीन अर्ब ८४ करोड ३८ लाख ४४ हजार १८ रुपैयाँ प्राप्त भएको छ । सवारीसाधन करबाट १५ करोड ३१ लाख ५६ हजार ६ सय ९० रुपैयाँ आम्दानी भएको देखिन्छ ।
खर्च पनि भएन
चैत्र मसान्त सम्ममा कणर्ाली प्रदेश सरकारको बजेटमा २२ दशमलव १२ प्रतिशत मात्र पूँजिगत खर्च भयो । चालु आर्थिक वर्ष २०७९/०८० को चैत्र मसान्तसम्ममा कणर्ाली प्रदेश सरकारले २२ दशमलव १२ प्रतिशत मात्र पूजिँगत खर्च गरेको हो । चालु आर्थिक वर्षमा पूँजिगत तर्फ १९ अर्व ५२ करोड १२ लाख २९ हजार दुई सय रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
तर चैत्र मसान्तसम्मका कणर्ाली प्रदेश सरकारले पूँजिगत तर्फ कुल चार अर्व ३१ करोड ७२ लाख ८२ हजार दुई सय नौं रुपैयाँ बजेट खर्च गरेको छ । मन्त्रालय तथा निकायगत रुपमा हेर्दा प्रदेश व्यवस्थापिकाले कुल ७२ लाख २३ हजार नौं सय ५६ रुपैयाँ पूजिँगत बजेट खर्च गरेको देखिन्छ । यस निकायका लागि छुट्टाईएको कुल पूँजिगत बजेटको २३ दशमलव ६९ प्रतिशत खर्च भएको हो ।






