भेरिगङ्गामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

दिलिप ढकाल

सुर्खेत ।

जिल्लाको भेरिगङ्गा नगरपालिकामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । सोमबार भएकाे दुर्घटनामा परी लेकबेशी नगरपालिका ६ का २३ वर्षीय ललित रानाकाे ट्याक्टरबाट खसेर मुत्यु भएकाे हाे । भेरीगंगा नगरपालिका ७ मुलपानीस्थित झिङ्गनी बडाखोली जोड्ने सडक–खण्डमा झिङ्नीबाट काठेघारितर्फ जाँदै गरेको भे १ त ७४४० नम्बरको खाली ट्याक्टरमा चढ्ने राना ट्याक्टरबाट खसेका थिए ।

ट्याक्टरको बीच र पछाडिको टायरले च्यापी गम्भीर घाइते भएका उनलाई मेहलकुना अस्पतालमा पठाइएको थियो । अस्पताल पुर्याउने बित्तिकै अस्पतालले उनलाई मृत घोषणा गरेको जहरे प्रहरीले जनाएको छ । शव पोष्टमार्टम गरि परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

भेरिगङ्गामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

प्रदेश सरकारका एक सय दिने उपलब्धी सार्वजनिक

भेरिगङ्गामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

कर्णालीमा दुई अर्ब बढी राजस्व घट्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *