युवा स्वरोजगारको ऋण नतिरेपछि कर्णालीका २८ सहकारीलाई कालो सूचीमा राखिदै

सुर्खेत । युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत लिएको ऋण भुक्तानी नदिएपछि कर्णालीका २७ वटा सहकारी संस्थाहरुलाई कालोसूचीमा राख्ने तयारी थालिएको छ । बुधवार सार्वजनिक सूचना जारी गर्दै कोषले ऋण असुलीका सहकारी संस्थाहरुलाई लागि कालोसूचीमा राख्ने जनाएको हो ।

कोषमाफृत विभिन्न समयमा थोक कर्जा लिएका कर्णाली स्थित सहकारी संस्थाहरुमा सबैभन्दा धेरै कालिकोट जिल्लामा छन् । यहाँका १२ वटा सहकारी संस्थाहरुले कोष मार्फत लिएको ऋण भुक्तानी दिएका छैनन् । यसैगरी दैलेखमा दुई वटा, डोल्पा र हुम्लामा एक-एक वटा, जाजरकोटमा ६ वटा सहकारी संस्थाले कोषको ऋण भुक्तानी गरेका छैनन् । त्यसैगरी मुगुमा तीन वटा र रुकुम पश्चिमका दुई वटा सहकारी संस्थाले हालसम्म कोषको ऋण भुक्तानी नगरेका हुन् ।

आगामी ३५ दिनभित्र कोषको ऋण भुक्तानी नगरेमा असुलीको लागि संस्थाका सञ्चालक समिति, लेखा समिति तथा कर्जा उप-समितिका हालसम्मका पदाधिकारीको तीनपुस्ते विवरण सहित कालो सूचीमा राख्ने ललितपुर स्थित कोषको कार्यालयले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *