रुकुमपश्चिममा जीप दुर्घटना, पाँच जनाकाे मृत्यु

सुर्खेत । दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु भएकाे छ । बिहिवार बिहान जिल्लाकाे बाँफीकोट गाउँपालिका ८ तोरीधारा नजिक लु १ ज १७४५ नम्वरकाे जीप दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा परी १० जना घाईते भएका छन् । जीप सडकबाट झण्डै चार सय मिट र तल खसेको प्रहरीले जनाएकाे छ । जीपमा १५ जना सवार थिए ।

मृत्यु हुनेमा सानीभेरी गाउँपालिकाका ७० वर्षीय कर्णबहादुर बाडा मगर, अन्दाजी ५० वर्षको देउचन खत्री, बाँफिकोट गाउँपालिका–८ बस्ने २२ वर्षीय रेखा खनाल (केसी), उनको छोरा रोशन केसी सोही ठाउँको २३ वर्षीय सितला नाम गरेकी महिला रहेकाे इलाका प्रहरी कार्यालय रुकुमपश्चिमकी प्रहरी वरिष्ठ हवल्दार रामकुमारी विष्टले जानकारी दिईन ।

रुकुमपश्चिममा जीप दुर्घटना, पाँच जनाकाे मृत्यु

युवा स्वरोजगारको ऋण नतिरेपछि कर्णालीका २८ सहकारीलाई

रुकुमपश्चिममा जीप दुर्घटना, पाँच जनाकाे मृत्यु

ऐनको अभावले शिक्षक विहिन बन्दै विद्यालय

Leave a comment

Your email address will not be published. Required fields are marked *