२०८२ फाल्गुन ५ गते
×

Now Playing

स्थानीय पाठ्यक्रम बन्या तर पुस्तक भने छैन

स्थानीय कला, संस्कृति, सम्पदा, परम्परा, ज्ञान, सीपलाई समेट्ने गरी जिल्लाको रास्कोट नगरपालिकाले आफ्नै पाठ्यक्रम बनायो ।

पाठ्यक्रममा विद्यार्थीलाई आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक तथा धार्मिक सम्पदा’दयगत परिचित गराउने विषय समावेश गरियो । ‘हाम्रो रास्कोट’ हाम्रो पहिचान नामको पाठ्यपुस्तक छाप्ने र चालू शैक्षिक सत्रको सुरुदेखि नै लागू गर्ने निर्णय गरेको नगरपालिकाले शैक्षिक सत्र सकिने समयसम्म पनि पाठ्यपुस्तक भने तयार गर्न सकेको छैन । विद्यालयमा शिक्षकहरूले पाठ्यक्रमका आधारमा विद्यार्थीलाई पठनपाठन गराएका छन् । विद्यार्थीहरू पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक नपाउँदा के पढेर कस्तो परीक्षा दिने भन्ने अन्योलमा छन् ।

शिक्षकले पढाएको कुरालाई मात्र विद्यालयमा बुझेर उपलब्धि हासिल गर्न नसक्ने विद्यार्थीको गुनासो रहेको छ । ‘आफ्नै गाउँठाउँ’ दयगत स्कुलमा पढ्न पाउँछौँ भन्ने कुराले हामी उत्साहित थियौँ,’ खाँडाचक्र नगरपालिका–३ जनजिवन माविमा अध्ययनरत करुणा सुनारले भनिन्, ‘तर, समयमा पुस्तक पाएका छैनौँ । हाम्रो उत्साह मर्दै गएको छ । सरहरू आउँछ–आउँछ भन्नुहुन्छ । हाम्रो नगरपालिकाले त पाठ्य पुस्तकका परै छ पाठ्यक्रमनै बनाउन सकेको छैन रे !’

कक्षा ८ मा अध्ययरनरत उनले आफ्ना घरवरिपरिका विषयवस्तुमा जानकारी भए पनि पुस्तक नहुँदा अन्य वडामा रहेका विषयवस्तु’दयगत बुझ्न कठिनाइ भएको बताइन् । शिक्षकले पढाएको आधारमा मात्र कसरी परीक्षामा राम्रो अंक ल्याउन सकिन्छ भन्ने चिन्ताले सताएको उनले गुनासो गरिन् ।

स्थानीय पाठ्यक्रम लागू गर्ने भनिए पनि नगरपालिकाले समयमा पाठ्यक्रम समेत बनाउन पुस्तक नसक्नु ठूलो कमजोरी भएको सोही विद्यालयकी शृष्टी उपाध्याय बताउँछन् । उनले नगरपालिकाले स्थानिय पाण््यक्रम समेत बनाउन सकेको छैन । पाठ्यपुस्तक कहिले छाप्छ थाहा छैन ।

‘नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने भनेर निर्णय त ग¥यो, कार्यान्वयनमा निकै कठिनाइ देखिएको छ,’ सोही बिद्यालयका प्रअ धिरबहादुर शाहीले भने, ‘विद्यालयमा पाठ्यक्रम समेत बनाएर नगरले दिन सकेको छैन । विद्यार्थीको हातमा पुस्तक छैन । पुस्तकविनाको पढाइ कसरी प्रभावकारी होला र ?’ सबै विद्यालयमा शिक्षकहरूले पाठ्यपुस्तक विनानै कक्षा सञ्चालन गरेको उनको भनाइ छ ।

आगामी शैक्षिक सत्रमा भने विद्यार्थीको हातमा पुस्तक पुग्नेमा विश्वस्त रहेको रास्कोट नगरपालिका शिक्षा शाखा प्रमुख खेमराज शाहीले बताए ।नगरपालिकाका नगर शिक्षा पुस्तक छाप्नका लागि केही त्रुटि रहेका र त्यसलाई अन्तिम रूप दिन समय लागेकाले समयमा पुस्तक पु¥याउन नसकिएको बताउँछन् । ‘नगरपालिकाले पुस्तक छाप्ने प्रक्रियामा रहेको छ । शैक्षिक सत्रमा विद्यार्थीको हातमा पुस्तक पु¥याउन गाह्रो होला,’ शाहीले भने ।

शिक्षकले पाठ्यक्रम हेरेर पढाउने र विद्यार्थीलाई नोट लेखाइदिने हो भने पाठ्यपुस्तक नभए पनि फरक नपर्ने उनकोे तर्क छ । ‘पाठ्यक्रममा सबै कुरा हुन्छ । शिक्षकलाई पाठ्यपुस्तक चाहिने होइन, विद्यार्थीलाई हो । उहाँहरूले पाठ्यक्रम हेरेर राम्रोसँग पढाउने हो भने किताब नै चाहिँदैन । यो कुरा शिक्षकहरुले नै बुझ्दैनन्,’ उनले भने । पाठ्यपुस्तकै लागी नगरमा स्थानिय बिज्ञ समिति गठन गरेर पुस्तक बनाउन लागेको शाहीको भनाई छ ।

स्थानिय सरकार संचालन एैनमा अनिवार्य स्थानिय पाठ्यक्रम बनाएर पुस्तक छाप्नु पर्ने भनिएता पनी ६ वर्ष बित्न लाग्दा समेत अहिलेसम्म स्थानिय पाठ्यक्रम समेत नबन्नु लाप्रवाही रहेको शिक्षक हिरामणी सिम्खाडाले बताए ।

स्थानीय पाठ्यक्रम बन्या तर पुस्तक भने छैन

महिनावारी हुँदा टालो लगाउने दिन गए

स्थानीय पाठ्यक्रम बन्या तर पुस्तक भने छैन

हरित अभियान सफल पार्न दुई सय १८