नेपाल प्रहरी श्रीमती संघ कर्णालीद्वारा निःशुल्क स्वास्थ्य शिविर
सुर्खेत । नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशले निःशुल्क स्वास्थ्य शिविर आायोजना गरेको छ । संघको आयोजनामा सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. ८ मेहेलकुनामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
शनिवार लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज, स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेत, प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र सुर्खेतको सहकार्यमा उक्त शिविर सञ्चालन गरिएको हो ।
श्रीमती संघ कर्णाली प्रदेशको कार्यसमिति गठन श्रावण ५ गते मात्र भएको थियो । कार्यक्रमको अध्यक्षता नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष बिन्दु अधिकारी ढकालले गरेकी थिइन । ढकालको समन्वयमा १ दिने स्वास्थ शिविर सञ्चालन गरिएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशसभा सदस्य बलिमाया बुढा, विशेष अतिथिमा गुर्भाकोट नगरपालिकाका उप–प्रमुख मैना बि.क र कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम ढकाल रहेका थिए ।
बिहान ९ बजे दखि साँझ ५ बजेसम्म चलेको उक्त शिविरमा स्त्रीरोग, नाक, कान घाँटी, हाडजोर्नी, जनरल फिजिसियन तथा दाँत सम्बन्धि समस्याहरूको चेकजाँच गरिएको थियो । शिविरमा सात ९६ जना स्थानियले सेवा लिएका थिए ।