२०८२ फाल्गुन ५ गते
×

Now Playing

सामाजिक अपराध विरुद्ध सचेत गराउनः बालबालिकालाई पढाउँदै प्रहरी


जुम्ला प्रहरीले बालविवाह न्यूनीकरण सम्बन्धी बालबालिकालाई पढाउन थालेको छ । समाजमा बढ्दै गएको बालविवाह विरुद्ध बालबालिकालाई सचेत गराउन लागिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

जुम्लाको चन्दननाथ नगरपालिकाका भित्रका १० वटै वडामा गठित बालक्लब र संञ्जालमा अबद्ध भएका बालवालिकालाई बालविवाह, लागुऔषध दुर्व्यसन र साइबर अपराध सम्बन्धीबारे सुसूचित गर्ने लागिएको हो । चन्दननाथ नगरपालिकाको महिला तथा बालवालिका शाखाको आयोजना युनिसेफको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालय जुम्लाको प्रहरी साझेदारी कार्याक्रम अन्तर्गत १८ वर्ष मुनिका बालवालिकालाई बालविवाह, यसको पारेको सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक असर, बालविवाहबाट सृजित महिला हिंसा, घरेलु हिंसा लगायतका विषयमा प्रशिक्षण दिँदै आइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रल्हाद कार्कीले बताए ।

कार्कीका अनुसार प्रहरीले यस अघि शिक्षक शिक्षिका एवं विद्यार्थीहरु बिचमा लागु औषध तथा दुर्व्यसनी, लैगिङक हिंसा र बाल विवाह विरुद्ध कसुरका विषयमा सचेतनाका कार्यक्रम गरिएको थियोे।प्रहरीको जिम्मेवारी अपराधी नियन्त्रण, घटना अनुसन्धान र शान्ति–सुव्यवस्था कायमजस्ता क्षेत्रमा मात्रै सीमित छैन भन्ने छर्लङ्ग नहुँदा प्रहरी, समाजभन्दा परको जस्तो ठान्ने धेरै भेटिन्छन् ।

घरेलु हिंसा, लागुऔषध दुव्यर्सनविरुद्ध सचेतना, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन लगायतबारे सर्वसाधारणलाई चेतनशील बनाउने जिम्मेवारी पनि प्रहरीले लिएको उनको भनाई छ । युवा र बालबालिका आपराधिक क्रियाकलापमा संलग्नताका हिसाबले जोखिममा परेको वर्ग भएकाले प्रहरीले चेतनामूलक कार्यक्रमलाई वडाहरूप्रति केन्द्रित गरिनेछ । प्रहरी एकाइभन्दा भौगोलिक हिसाबले टाढा रहेका बेला आफूलाई कुनै समस्या आइलागे कसरी प्रहरीको सहयोग लिन सकिन्छ भन्ने विषयमा पनि सिकाउँदैछौ ।

समाजमा शान्ति सुरक्षा कायम गर्न, जनतासँग प्रहरीको साझेदारी बढाउन, विभिन्न अपराधविरुद्ध जनतालाई चनाखो बनाउन र युवामा बढ्दै गएको लागुऔषध दुर्व्यसनी तथा प्रविधिको गलत प्रयोग नियन्त्रण गर्न सचेतनाले ठूलो भूमिका जिल्ला प्रहरी कार्कीले बताए।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला विभिन्न स्थानमा लागु औषध दुर्व्यसनी, महिला हिंसा, घरेलु हिंसा, बालविवाह,बहु विवाह न्युनिकरण, सवारी दुर्घटना न्युनिकरण लगायतका जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको प्रहरीले जनाएको छ ।

चन्दनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पृथ्वीनाथ यौगीले बालविवाह र लागुऔषध जस्ता कुरिती बिरुद्ध बालवालिकालाई नै सचेत गागराउनु पर्ने अबस्था आइपरेको बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले बालवालिकालाई लागु पदार्थ सेवनको असर, प्रभाव र रोकथामबारे सहजीकरण गरेको प्रति जुम्ला प्रहरीलाई अभार ब्यक्त गरे । उनले भने, ‘लागु पदार्थले मानसिक, शारीरिक, आर्थिक, पारिवारिक र सामुदायिक रूपमा असरको बारेमा सबैले सचेत हुन जरुरी छ ।’

अहिले बढ्दो क्रममा रहेको बालविवाह र लागुऔषधको सेवन रोक्नका लागी प्रहरीले दिएको सचतेना बालवालिकाका लागी महत्वपुण हुने बताए ।

विभिन्न विद्यालयबाट सदरमुकाम खलंगामा एसइइको ट्युसन पढ्न आएका बालवालिकालाई लागुपदार्थबाट हुने हानी र साइबर अपराधबाट आइपर्ने झन्झटका विषयमा पढाउन थालिएको छ ।

सामाजिक अपराध विरुद्ध सचेत गराउनः बालबालिकालाई पढाउँदै प्रहरी

जुम्लामा ५४ हजार बढीले टाइफाइड विरुद्धको खोप

सामाजिक अपराध विरुद्ध सचेत गराउनः बालबालिकालाई पढाउँदै प्रहरी

परामर्शले फेरियो नन्दकलीको जीवन