२०८२ फाल्गुन ५ गते
×

Now Playing

खडेरी नलाग्दै सल्लिवजारमा खानेपानीको अभाव सुरु हुन थाल्यो

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको सदरमुकाम रहेको सल्लिवजारमा खडेरी सुरु नहुदै खानेपानीको अभाव सुरु हुन थालेको छ ।
यो यहाँको विगत देखिको समस्या हो । सुख्खा याममा मुहानमा पानी नै कम हुने भएकोले सल्लिवजारको समस्या वर्षेनि यहि हविगत छ । तर यो पटक भने खडेरी समय नआउदै खानेपानी अभाव सुरु भएको छ ।

खानेपानीको लागि लिफ्ट खानेपानी योजना समेत चार वर्ष देखि पुर्णता पाउन सकिरहेको छैन । लिफ्ट खानेपानी यतिखेर बन्द अवस्थामा छ । परिक्षणका लागि दुई महिना सुचारू भए पनि हाल लिफ्ट खानेपानी बन्द अवस्थामा छ। लिफ्ट सञ्चालनको लागि विद्युत महशुल र अन्य व्यवस्थापनको पाटो नमिल्दा बन्द अवस्थामा छ ।

सल्लि वजारको जनघनत्वलाई वजार स्थापनाकालदेखिको खानेपानीले थेगि रहेको छ । हाल आएर उक्त खानेपानी वजारमा अपुग हुन थालेको छ । सबै भन्दा ठुलो असर माथिल्लो वजारमा परेको छ । उक्त पानी एक घण्टा पनि सञ्चालन हुदैन । एक घरलाई २० लिटर भरे पनि सो पानी नपुगेको स्थानीयको भनाइ रहेको छ । कहिले उपभोक्त समिति गठनमा विवाद त कहिले खानेपानीको लाइन लिनको लागि स्थान परिवर्तनमा जटिलता थपिनले खानेपानी समयमै अघि वढ्न सकेन।

हाल उक्त खानेपानी योजनामा मुद्दा परेका कारण पुरानो समितिले काम गरेको पूरा भुक्तानी पाउन नसक्दा करोडौंको सो खानेपानी अलपत्र परेको छ । समितिका अध्यक्ष दिप वहादुर खड्काले समेत उक्त कुरा स्विकारे । काम गरेको पूरा भुक्तानी नपाउँदा काम अघि वढाउन समस्या भएको उनको भनाइ छ ।

लाइन लिनका लागि समस्यासँगै विवाद हुदा काम अघि वढाउन लामो समय लाग्यो । खानेपानी तथा सरसफाइ कार्यालय सल्यानले पुनः समिति गठनका लागि ताकेता गरेको छ । तर समिति वनाउने कुरामा वडाले खासै चासो नदिएको कार्यालयले जनाएको छ।

समिति गठनका लागि ताकेता भए पनि विभिन्न समयमा खानेपानी योजनामा हुने अवरुद्ध र अनावश्यक दुख दिने मनासिबका मुद्दा जस्तै जटिलता नफुक्दा योजनाले समयमै पुर्णता पाउन नसकेको कार्यालयको भनाइ छ । विभिन्न वहाना बाजि र अड्को थाप्ने कार्यले सल्लिवजारमा करोडौंको लिफ्ट खानेपानी योजनाको पानी खाने धोको स्थानीयको अधुरै रहेको छ ।वजारवासि भने यतिबेला खानेपानी अभाव झेलिरहेका छन् ।

घण्टौ लाइन लाग्दा समेत एक गाग्री पानी पाउने अवस्था छैन । सुख्खा खडेरीमा सल्लिवजारमा आउने खानेपानीको मुहानमा पानी कम हुदा पानीको समस्या हुने गरेको थियोे तर यसपटक भने त्यस अगावै सुरु हुन थालेको छ । सरोकारवाला निकाय प्रती यहाँका स्थानीय रुष्ट छन् ।बजारवासिले वर्षेनि यो समस्या झेलिरहेका छन् ।

खडेरी नलाग्दै सल्लिवजारमा खानेपानीको अभाव सुरु हुन थाल्यो

एमयूको स्वायत्तता तथा भूमिका विषयक अन्तरक्रिया