२०८२ फाल्गुन ५ गते
×

Now Playing

पूर्व मन्त्री न्यौपानेको निधन

नेपाल सरकारका पूर्व सूचना तथा सञ्चार सहायक राज्यमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ ।

कलेजो रोगले ग्रसित न्यौपानेको उपचारका क्रममा बुधवार बिहान ४ बजे भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा निधन भएको हो ।

मिर्गौला रोग पीडितसमेत रहेका पूर्व मन्त्री न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको उनका आफन्त रहनुभएका अधिवक्ता उमाकान्त न्यौपानेले बताए । उनका अनुसार न्यौपानेको तीन महिनादेखि भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको थियो ।

दुई छोरा र तीन छोरी रहेका न्यौपानेका एक छोरा दुबईमा रहेकाले उनले दुबईबाट नेपाल फर्केपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने न्यौपानेले जानकारी दिए ।

विसं २०५१ मा कालिकोटमा नेकपा (एमाले)बाट प्रतिनिधिसभामा निर्वाचित न्यौपाने सूचना तथा सञ्चार सहायक राज्यमन्त्री भएका थिए ।

कालीकोटको रास्कोट नगरपालिका–८ को फुकोट गाउँमा जन्मिएका न्यौपाने साबिकको फुकोट गाउँ विकास समितिको अध्यक्षमा समेत निर्वाचित भएका थिए ।

पूर्व मन्त्री न्यौपानेको निधन

सडकमा बास बसिरहेका मानिसको उद्दार

पूर्व मन्त्री न्यौपानेको निधन

उच्च हिमाली भेगमा कार्यरत प्रहरी जिल्लामा सारिए