निजी गाडीले यात्रु बोके कारवाही हुने


जाजरकोटमा निजी गाडीले यात्रु बोके कारवाही गरिने भएको छ । विहिवार बसेको जिल्ला यातायात व्यवस्थापन समितिको वैठकले जाजरकोटमा नयाँ भाडादर लगायतका विविध विषयमा निर्णय गरेको हो ।
रातो नम्बर प्लेटका गाडिले यात्रु बोकी सवारी संचालन गरेमा यातायात व्यवसायीले पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । यदि त्यस्ता नम्बर प्लेटका गाडिले यात्रु बोकेको पाइएमा कानून बमोजिम कारवाही गर्ने निर्णय समेत भएको जिल्ला सुर्खेत यातायात व्यवस्थापन समितिले जनाएको छ ।
यसैगरी प्रत्येक सवारी साधनहरुमा अनिवार्य रुपमा भाडादर रेट टाँस गर्नुपर्ने, टाँस गरेको नपाएमा आवश्यक कारवाही गर्ने लगायतका निर्णय भएको छ ।






