२०८२ फाल्गुन ५ गते
×

Now Playing

जिल्ला प्रथम ‘विश्वमित्र संज्याल’ को काँधमा १०औं राष्ट्रिय खेलकुद

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता केही महिनापछि कर्णाली प्रदेशमा आयोजना हुँदैछ । राष्ट्रिय खेलकुद तयारीका सन्दर्भमा चर्चा परिचर्चा संगै पूर्वाधार निर्माणदेखि खेलकुद तयारीको नेतृत्व गरिरहेका व्यक्तिको सामान्य चर्चा हुनु स्वभाविकै हो । खेलकुदको महाकुम्भ मेलाको तयारीमा जुटेका उनै व्यक्तिको बाल्यकालदेखि वर्तमानसम्मको हामीले चर्चा गरेका छौं ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव बिश्वामित्र संज्याल । उनी कालीकोट जिल्लासान्नी त्रीवेणी गाउँपालिका–६ मा २०३७ फागुण २८ गते जन्मिएका हुन् । उनको परिवार शिक्षामा सामान्य नै थियो । सामान्य परिवारमा हुर्किएका उनको बाल्यकाल रमाईलो नै थियो । उनको बुबाआमाले त्यति पढ्नु त भएको थिएन् । तर संज्यालको पढाई भने सानैदेखि राम्रो थियो । उनी प्रत्येक कक्षामा प्रथम नै आउने गर्थे ।

संज्याल गाउँकै पञ्चदेवल माध्यमिक विद्यालयमा पढ्ने गरेका थिए । त्यस विद्यालयमा उनले १० कक्षासम्म अध्ययन गरेका हुन् । संज्यालको घरमा पञ्चदेवल माध्यमिक विद्यालयमा अध्यापन गराउने एक जना शिक्षक पनि उनको घरमा कोठा लिएर बसेका थिए । आफ्नो घरमा शिक्षक बसे पछि उनलाई पढाईमा पनि सहजता भने भएको थियो । उनी समय–समयमा घरमा कोठा लिएर बस्ने गरेका शिक्षक सँग पढ्ने पनि गर्थे ।

शिक्षकको संज्याल प्रति आशा पनि थियो कि संज्याल भविष्यमा राम्रो विषय लिएर राम्रो काम गर्न सक्छ । शिक्षकले संज्यालको अभिभावकसंग बिश्वामित्र ठुलो भयो भने कि डाक्टर कि इन्जिनियर बन्छ भन्ने गर्थे । संज्यालको मनमा शिक्षकले भनेका कुरा नै आउने गथ्र्यो । साना बालकलाई जे भन्यो त्यहि दिमागमा बस्ने भएर पनि होला उनको दिमागमा पनि शिक्षकले भएको कुरा नै याद हुने गथ्र्यो । उनले पनि सोचे ठुलो भएपछि डाक्टर कि इन्जिजियर पढ्छु भन्ने । शिक्षकले संज्याललाई डाक्टर बने यो हुन्छ, इन्जिनियर बने त्यो हुन्छ भन्ने समेतका कुरा संज्याललाई सुनाउने गर्थे ।

एसएलसी जिल्ला प्रथम हुँदा

संज्यालले २०५३ सालमा रास्कोट बडिमालिका माध्यमिक विद्यालयबाट उनले एस.एल.सीको परीक्षा दिएका थिए ।पञ्चदेवल माध्यमिक विद्यालयको परीक्षा सेन्टर भने रास्कोट बडिमालीका माध्यमिक विद्यालयमा पर्ने गथ्र्यो । २०५४ सालमा संज्यालको एसएलसीको नतिजा पनि प्रकाशन भयो । नतिजा प्रकाशित भएको दुई दिनपछि मात्र संज्यालले थाहा पाएका थिए । त्यस बेला उनी कालिकोट जिल्लाको जिल्ला प्रथम भएका थिए ।

उनको परिवारमा संज्याल प्रथम भए भन्नेमा भन्दा पनि उनि पास भए भन्नेमा नै उनको परिवार खुसि थियो । सामान्य शिक्षा भएको परिवारमा त्यो नै खुशी भयो । उनको बाजेमाएस.एल.सी. पास भएपछि ठुलो भयो अब पढ्नु हुन्न भन्ने सोच थियो । संज्याललाई भने आफ्नो घरमा पढाउने शिक्षक भएर नै पढ्नु पर्छ भन्ने मनमा थियो ।

संज्याललाई भने कि डाक्टर कि इन्जिनियर पढ्छु त भन्ने भयो तर कसरी पढ्ने त्यो भने उनलाई थाहा नै थिएन् । कालिकोटबाट पढ्नका लागि उनले काठमाडौं जाने सोच गरे । उनको जिद्धिले नै काठमाडौंका लागि पढ्न घरबाट पनि हिडे । २०५४ असारको महिना पानीकै झरीमा कालीकोटदेखि ४ दिन लगाएर पैदल यात्रा गरी सुर्खेत पुगेको उनले सुनाए ।
सुर्खेत आएपछि उनले काठमाडौंको टिकट काटेर काठमाडौं पढ्नका लागि गए ।

बसमा एक जना दाईसँगै कुराकानी गर्दै गएका थिए । ती दाईले पनि विज्ञान विषय लिएर काठमाडौं पढ्ेका रहेछन् । पछि पढ्न नसकेर सुर्खेत आएर नै अन्य विषय लिएर पढेका रहेछन् । उनको कुराले केहि खिन्नताबोध भने भयो संज्याललाई । तर पनि उनको मनमा सक्छु भन्ने नै थियो जुन कुरामा हार भने मानेन् ।घरमै बस्ने गरेका शिक्षकको शब्दले पढ्न सक्छ भन्ने कुरा उनको यादमा भने रहिरयो ।

काठमाडौंमा पुगेपछि पनि कालिकोटबाट गएका अन्य दाईहरुले विज्ञान विषय लिएर फरक विषय पढ्ने गरेका भने रहेछन् । त्यसबेला सिमित मात्रामा कालिकोटका मानिस काठमाडौं पढ्न जाने भएर पनि प्रायः थाहा हुन्थ्यो । त्यहा पनि उनलाई उत्साहित भन्दा निरुत्साहित बनाउने नै धेरै भए ।

उनले काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल)मा उनले इन्ट्रान्स पनि दिए । तर त्यहाँ उनको नाम निस्किए पनि सात सय पछाडी नै उनको नाम निस्कियो । फेरी उनले काठमाडौंको त्रिचन्द्र क्याम्पसमा इन्ट्रान्स दिएका थिए । त्यहाँ पनि कोटामा पर्न सकेनन् ।

दुर्गम कोटाबाट नाम आएपछि

सरकारी विद्यालयमा पढेर पछाडी परे जस्तो महशुस गरेका संज्याल काठमाडौंको त्रिचन्द्र क्याम्पसले दुर्गम कोटाको लागि फर्म आवेदन गरेपछि उनले फर्म लगाए । र उनको नाम पनि पर्यो ।उनी काठमाडौंको त्रिचन्द्र क्याम्पसमै विज्ञान विषय लिएर पढ्न थाले । काठमाडौंमा भने त्यति टिकेनन् उनी । एक बर्ष मात्र विज्ञान विषय लिएर उनले काठमाडौं पढे् । पछि उनले कहाँ कुन विषय पढाई हुन्छ भन्ने बारे बुझ्दै गए ।

बुझ्दै जाँदा पोखरामा इन्जिनियर पढाई हुन्छ भन्ने उनलाई थाहा भयो । त्यहाँ पनि एउटा दुर्गम कोटा खाली छ भन्ने उनले जानकारी पाए । एक बर्ष मै विज्ञान विषय छोडेर उनी पोखरा लागे । उनले तीन वर्षे सिभिल ओभरसियर कोर्ष गर्न थाले । तीन बर्षे ओभरसियरसँगै उनले पोखरामै विज्ञान विषय ट्रासफर गरी विज्ञान विषय पनि पास गरे ।

साथीहरु सबै नास्ता खाना जाँदा उनले भने गाउँबाट लगेको दालको पिठोको ढिरो आफुले नास्ताका रुपमा खाने गरेको सुनाए । पढाई मै ध्यान केन्द्रित भएर पनि उनलाई सिभिल ओभरसियर कोर्ष सहज नै लाग्यो, पास पनि गरे ।

जागिर सुरुगरेपछि

२०५८ सालदेखि उनले जागिर पनि सुरु गरेका थिए । उनले दार्चुला जिल्लामा गएर जागिर सुरु गरे । त्यसबेला द्धन्द्धको बेला भएर पनि प्रायःकाम गर्ने मानिस भने थिएनन् । काम गर्नलाई पनि सहज नै भयोे उनलाई । त्यसबेला सडकको ४० मिटर ट्याक खोल्ने काम थियो । दुई वर्ष दार्चुलामै बसेर काम गर्ने गरेको अनुभव सुनाए । उनले भने,‘काम गर्ने शिलशिलामा रोटी र मोही मात्र खाने गरेँ । तीन, चार दिनमा एक पटक मात्र भात खाने गरेका थियौं । त्यो चिसोमा बस्न त साह्रै गाह्रो थियो ।’

जहाँ गएपनि साथमा सधैं किताब बोकेर लग्ने गरेको बानी थियो । डिप्लोमा इन्जिनियर कोर्ष मात्र गरेकोले उनको मनमा थियो कि इन्जिनियर बन्न अझै बाँकि छ । उनको लक्ष्य भने त्यतिमै पुरा भएको थिएन् । जागिर छोडेर उनले २०६१ मा काठमाडौंमा इन्जिनियरको इन्ट्रान्सको परीक्षा दिएका थिए ।

इन्जिनियर पढ्नका लागि उनले आफुले जागिर गरेर नै जम्मा गरेका थिए । जो–जो चाउचाउले एक पैसाको इन्जिनियर बन्ने विज्ञापन गरेको थियो त्यसबेला ।त्यसमै उनले इन्ट्रान्स (परीक्षा) दिए । नाम पनि आयो । नेपाल इन्जिनियर कलेजमा ४ वर्षे सिभिल इन्जिनियर कोर्ष उनले पढ्न थाले र पास पनि गरे ।सिभिल इन्जिनियरको शैक्षिक योग्यता पत्र उनको हातमा पर्यो । अनि उनलाई लाग्यो बल्ल इन्जिनियर भएँ । धेरै जसो कन्सलटेन्सीसँग कुरा गरेर उनले सहजै रुपमा काम पनि पाउने खालको वातावरण भइसकेको थियो । उनले विभिन्नसामाजिक संघ, संस्था (एनजियोे, आएनजियो) मा पनि जागिर गर्ने गरेका थिए ।

खेलकुदमा यसरी लागे

२०६८ मा उनले सुदुरपश्चिम प्रदेशमा आएनजियोकै काममा उनी त्यहाँ पुगेका थिए । धेरैसँग भेटभए पछि राष्ट्रिय खेल हुँदैछ भन्ने हल्ला थियोत्यहाँ । खेल सम्बन्धीकाधेरै संरचना गराउनु पर्नेछ जस्ता कुरा त्यहाँ आउने गरेका थिए । त्यहि क्रममा उनीसँग साथ, सहयोग समेत माग्न थाले ।

उनले विभिन्न कन्सलटेन्सीका काम धेरै गरिसकेका थिए । राष्ट्रिय खेलकुद भएका कारण धेरै काम गर्न बाँकी नै थियो । ६ महिना खेलकुद क्षेत्रमा काम गर्ने भनि खेलकुदमा छिरेका उनी हालसम्म पनि खेलकुद मै नेतृत्व गरिरहेका छन् । उनले खेलकुदका पूर्वाधार बनाउने क्रममा प्राविधिकका रुपमा उनी सुदुरपश्चिम रहेका थिए । नेपालमा किक्रेटका खेलकुद पूर्वाधारहरु बनाउनु परेको उनले अनुभव सुनाए । पूर्वाधार बनाउने क्रममा समिति चयन गर्दा सदस्य भएका थिए । सरकारले नेपालको कुन–कुन ठाउँमा किक्रेटका पूर्वाधार बनाउने त्यतिबेला नै निर्णय गरेको उनले जानकारी दिए ।

१० वर्ष लाग्यो तर काम अहिले सम्ममा पनि नसकिएको उनले बताए । खेलकुदको पूर्वाधार निर्माणमा उनी प्राविधिक समितिको सदस्य भएर उनले खेलकुदका पूर्वाधारमा काम गरेका थिए । काम गर्दै गर्दा सातौँ, आठौँ, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका पूर्वाधारका काम गर्ने अवसर पाए ।

राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा पनि खेल भएको बेला जाने अवसर उनलाई मिल्यो । विदेशमा खेलकुदका पूर्वाधारको अध्ययन् समेत गर्ने अवसर प्राप्त भएको उनले सुनाए । जुन अवसरले उनलाई पूर्वाधार कै विज्ञ हुन थालेको महशुस भयो । उनीखेलकुदका विभिन्न कार्यक्रममा अमेरिका, अष्ट्रेलिया, यूरोप, फ्रान्स, स्वीजरल्याण्डलगायतका देशमा पुगेका छन् । अन्तर्राष्ट्रियस्तरमा बनेका खेलकुदका पूर्वाधारको अवलोकन र अध्ययन् गर्ने अवसर पाएका छन् ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमा गर्ने भनि निर्णय भएको उनले बताए । राष्ट्रिय खेलकुद परिषद्ले संज्याललाई दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका कर्णाली जान आग्रह गरेपछि संज्याल सुर्खेत आएको बताए ।

उनले पूर्वाधार निर्माणको लागि प्रदेश सरकार सामु कुरा राख्नु पर्ने थियो । त्यतिबेला प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाही थिए । प्रदेशको मुख्यमन्त्रीपनि कालिकोटकै भएका कारण कुरा गर्नलाई सजिलो पनि भयो उनलाई ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका बारे सबै कुरा उनले मुख्यमन्त्रीलाई बताए । मन्त्री शाहीले उनलाई आएर काम गर्न आग्रह गरे । उनले आफुले गरिरहेको जागिर समेत छोडे । कर्णाली प्रदेश सरकारले उनलाई खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त ग¥यो ।कर्णाली प्रदेश खेलकुद विकास परिषदको सदस्य सचिवपनि भए संज्याल ।

दशौं राष्ट्रिय खेलकुदको तयारी

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली जुटेको उनले बताए । खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा निर्माणाधीन रङ्गशालाको काम तीव्ररुपमा अगाडि बढिरहेको बताए ।

यस रङ्गशाला निर्माणले कर्णालीले ९० को दशकमा सर्वोच्चता कायम गर्ने खालको वातावरण सिर्जना गर्ने उनको भनाई छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा कर्णालीका खेलाडीले नै नेतृत्व गर्ने बताए । कर्णालीलेनवौँ राष्ट्रिय खेल पोखरामा, धनगडीमा भएको एसियन खेलको छनौंट प्रतियोगिता भएको थियो ।

खेलाडीको लागि प्रोत्साहन गर्ने, खेलाडीलाई खेलमा मेरो जीवन छ भन्ने आधार परिषदले तय गरेको उनले बताए । दशाँै राष्ट्रिय खेलकुदमा छनौंट भएका खेलाडीलाई मासिक भत्ताको रुपमा पाँच हजार रुपैयाँका दरले उपलब्ध गराउने र खेलका वर्गिकरण अनुसार प्रदान गर्ने निर्णय परिषदले गरेको उनले बताए ।

खेलकुद परिषद्बाट बाहिरिएपछि

अहिलेको उनको पद नेपाल सरकारले नियुक्ती गर्ने पद भएकोले यहि पदमा रहिरहन्छु भन्ने त छैन् संज्याललाई । आफ्नो कार्यकाल सकिएपनि खेलकुद क्षेत्रलाई गर्नुपर्ने लगानी, सहयोग र साथ भने गरिरहने उनले बताए । आफु खेलकुद परिषद भन्दा बाहिर भएर हेर्दा पनि खेलकुद क्षेत्र राम्रो भएको उनलाई हेर्न इच्छा छ ।

खेलकुद परिषदमा आफु नरहेमा केहि समय पढाइलाई दिएर पिएचडी गर्ने उनको सोच रहेको उनले बताए । सानैदेखि आफ्ना धेरै सपना पुरा गरेको र आफ्नो नाम अगाडी डाक्टर लेख्ने सपना अझै बाँकी रहेकोले पिएचडीको तयारी गर्ने तत्कालको सोच रहेको संज्यालले बताए ।

जिल्ला प्रथम ‘विश्वमित्र संज्याल’ को काँधमा १०औं राष्ट्रिय खेलकुद

घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु

जिल्ला प्रथम ‘विश्वमित्र संज्याल’ को काँधमा १०औं राष्ट्रिय खेलकुद

भूकम्पबाट प्रभावित क्षेत्रमा ‘हरित पुनः स्थापना’ गरिने