बाली विज्ञान विषयप्रति बढ्दो आकर्षण

जुम्लाको गुठिचौर गाउँपालिका–५ झारज्वालनमा अवस्थित त्रिभुवन माबिमा सुरु गरिएको कृषि बाली विज्ञान विषयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । कृषि बाली विज्ञान त्रिभुवन माबिमा पछिल्लो समयमा अध्ययन गर्ने विद्यार्थीको चाप बढेको छ ।

सहजरुपमा जागीर पाउनका लागि ‘स्कोप’ भएको तथा सस्तो शुल्कमा आफ्नै जिल्लामा बाली विज्ञान विषय अध्ययन गर्ने वातावरण बनेपछि प्राविधिक शिक्षाप्रति युवा पुस्ताको आकर्षण बढेको हो ।
जुम्लाको एकमात्र सामुदायिक विद्यालय प्राबिधिक कृषि बाली बिज्ञान स्थापित हुदै गइरहेको विद्यार्थी बताउँछन् ।
शिक्षा मन्त्रालय शिक्षा बिभागबाट कृषि बाली विज्ञान विषयतर्फ अध्ययन अध्यपन गराउने सम्वन्धन पाएपछि त्रिभुवन माबि प्राविधिक शिक्षा लिन चाहने छात्र-छात्राको आकर्षणको केन्द्र बनेको छ । जनशक्तीको मागका आधारमा पछिल्लो समय प्राविधिक शिक्षा अन्तरगत कृषि बाली विज्ञान विषयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको प्रधानाध्यपक मिठु भण्डारीले बताइन् ।
अहिले एक सय बढी विद्यार्थी अध्ययनरत छन् । मुगु,रुकुम,जाजरकोट र कालिकोटबाट विद्यार्थी आउछन् । विद्यार्थीको रोजाईमा त्रिभुवन माबिमा बाली विज्ञानप्रतिको आकर्षण बढेर गएको प्रअ भण्डारी बताउँछिन्।सुरुमा बाली विज्ञानप्रतिको आकर्षण कमै थियो ।
उनले भनिन्, ‘पछिल्लो समय यसप्रतिको आकर्षण बढेर गएको हो ।’ गाउँपालिका भित्रको लाई ८० हजार जिल्ला बाहिरका लागि एक लाख ३० हजार भर्ना लिने गरिएको उनले बताए ।
तीन बर्ष कोर्स पढाइ हुन्छ । एसईई पास गरेको विद्यार्थीहरु पढ्छन् । यस्तै विद्यालयले गुठिचौर गाउँपालिका भित्रका विद्यार्थीलाई ५० प्रतिशत छुट गर्दै आइरहेको छ, भने अन्य विद्यार्थीलाई २५ प्रतिशत छुट गरिएको व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर भण्डारीले बताए ।






