२०८२ फाल्गुन ५ गते
×

Now Playing

खेलकुदका पूर्वाधार बढ्दैछन्ः मुख्यमन्त्री शर्मा

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले खेलकुद क्षेत्रबाट अब्बल कर्णाली प्रदेश बनाउने लक्ष्य रहेको बताएका छन् । सोमवार वीरेन्द्रनगर स्थित कालिन्चोक क्रिकेट मैदानको शिलान्यास गर्दै मुख्यमन्त्री शर्माले यसो बताएका हुन् ।

खेलकुदका लागि पूर्वाधार निर्माण गर्ने क्रममा क्रिकेट मैदानको शिलान्यास हुनु कर्णाली समृद्धिको अंगका रुपमा लिन सकिने उनले बताए ।

‘कर्णाली खेलकुदका क्षेत्रमा विस्तारै माथी उठ्दै छ । पूर्वाधार निर्माण र खेल प्रतियोगितामा हासिल गरेको प्रगतिले एकदिन कर्णालीको राष्ट्रिय पहिचान बनाउने विश्वास छ’, मुख्यमन्त्री शर्माले भने, ‘खेलकुदका क्षेत्रबाट अब्बल कर्णाली बनाउनेमा हामी प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहान्छु ।’

साथै, मुख्यमन्त्री शर्माले अहिले कर्णाली सरकार प्रदेश गौरवको आयोजनाको रुपमा रहेको प्रादेशिक रंगशाला निर्माणमा केन्द्रित रहेको बताउँदै यसपश्चात कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रहरुमा समेत खेलकुद पूर्वाधार निर्माण गरिने बताए ।

शिलान्यास गरिएको उक्त कालिन्चोक क्रिकेट मैदान आगामी चैत ३० गतेभित्र सम्पन्न गरिसक्ने लक्ष्य रहेको छ । यसका लागि केपीडीडी कन्स्ट्रक्सन वीरेन्द्रनगर र कर्णाली प्रदेश खेलकुद विकास परिषद्बीच निर्माण सम्झौता भएको छ ।

७३ लाख १८ हजार लागतमा निर्माण हुने खेलकुद मैदानको क्रिकेट पिच, माटो काटेर अर्धनाली निर्माण र लेबल मिलाउने, दुबो लगाउने र ल्यान्ड स्क्यापिङ गरी हरियाली गर्ने काम हुने जनाइएको छ ।

खेलकुदका पूर्वाधार बढ्दैछन्ः मुख्यमन्त्री शर्मा

अक्षयकोष स्थापनार्थ सहयोग