२०८२ फाल्गुन ५ गते
×

Now Playing

टिकटक प्रतिबन्धमा कडाई गर्न प्राधिकरणद्वारा समिति गठन, सात दिनभित्र रिपोर्ट पेश गर्ने


नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा सामाजिक सञ्जाल टिकटक प्रतिबन्धमा कडाई गर्न प्राविधिक समिति गठन गरेको छ ।

प्राधिकरणले सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि निर्देशक विजयकुमार रायको नेतृत्वमा चार सदस्यीय प्राविधिक समिति गठन गरेको हो ।

समितिको सदस्यमा इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आएस्पान)का अध्यक्ष सुधीर पराजुली, नेपाल सरकार सञ्चार मन्त्रालयका प्रतिनिधि र सदस्य सचिवमा प्राधिकरणकी रोजाकिरण बासुकला रहेका छन् । समितिले सात दिनभित्र अनुसन्धानको रिपोर्ट पेश गर्नेछ ।

सरकारले सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै बन्द गर्ने निर्णय गरेको थियो ।

त्यसपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई टिकटक बन्द गर्न निर्देशन दिए पनि कतिपयले वास्ता नगरेपछि कारबाही गर्ने चेतावनी दिएको छ । साथै टिकटक कम्पनीलाई पनि पत्र लेखिसकेको छ ।

टिकटक प्रतिबन्धमा कडाई गर्न प्राधिकरणद्वारा समिति गठन, सात दिनभित्र रिपोर्ट पेश गर्ने

सिमकोटमा गर्भवतीको घरमा निलो झण्डा

टिकटक प्रतिबन्धमा कडाई गर्न प्राधिकरणद्वारा समिति गठन, सात दिनभित्र रिपोर्ट पेश गर्ने

चार महिनामा २० प्रतिशत बजेट खर्च