२०८२ फाल्गुन ५ गते
×

Now Playing

चिसो बढेसँगै हिमाली क्षेत्रका भेडीगोठ बेसी झार्न थालियो


चिसो बढ्सेँगै हिमाली क्षेत्रका भेडीगोठ बेसी झार्न थालिएको छ । जिल्लाका हिमाली क्षेत्रका भेडापालक जाडो छल्न बेशी झर्न थालेका हुन् । जुम्लाका आठ वटै स्थानीय तहका भेडापालक चरनका लागि वर्षायाममा लेकतिर जाने र हिउँदमा बेसी झर्ने गर्छन् ।

उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेसीतर्फ झर्नु परेको भेडापालक किसान बताउँछन् । चरन क्षेत्रमा हिमपात हुने हुँदा भेडाबाख्राहरूलाई आहारको समस्या हुने गरेको सिंजा गाउँपालिका–६ का भैबहादुर बुढाले बताए ।

हिमाली क्षेत्रको चिसो कम हुने ठाउँहरूमा भेडीगोठ सार्ने गरिन्छ । भेडापालक किसानहरू बर्षायाममा तीन हजार पाँच सय मिटरदेखि चार हजार मिटरको उचाईमा भेडीगोठ राख्ने बताउँछन् । बुढाले भने, ‘बर्खाको बेला उच्च लेकाली भेगका पाटनहरूमा भेडा चराउन लैजान्छौं । अहिले कम उचाइका लेकहरूमा भेडीगोठ राखिन्छ । विस्तारै अझै तल्लो क्षेत्रमा सार्नुपर्छ ।’

हिउँदमा चरनका लागि हिमपात भएको छोटो समयमै हिउ पग्लने क्षेत्रमा सारिने भैबहादुर बताउँछन् । ६५ वटा भेडा छन् । करिव एक सय बढी थिए, दसैंमा बेचेको सुनाए । यो व्यावसाय आफ्नो पुर्खाैली भएको बताए ।

अग्लो पाटनमा भेडा चराउनु यस क्षेत्रका भेडापालकको दिनचर्या भएको र चिसो बढेकाले मंसिरमा बेसीतिर झर्न सुरु गर्छन् । अर्काे किसान राजबहादुर रावतले आफ्ना करिब सयबढी भेडा लिएर जाडो छल्न बेसी झरेको बताए ।
भेडा चराउने गरेको हिमाली पाटनमा चिसो बढ्न थालेपछि संँगै गएका अन्य भेडापालक बेसी झरेका छन् ।

उनिसँंगै जुम्लाका सात वटा गाउँपालिकाका र एक मात्र चन्दननाथ नगरपालिकाका उच्च हिमाली पाटनहरूमा रहेका भेडीगोठ बेसी झरिसकेका छन् ।

चैत वैशाखको महिनामा बेसीबाट चरनका लागि हिमाल क्षेत्र(पाटनमा) भेडापालक जाने गरेका छन् ।
उनका अनुसार वर्षौंदेखि पाटनमा भेडा चराउने गर्दै आएका उनीहरूले यस वर्ष चिसो निक्कै बढेको छ।कात्तिकदेखि फागुन महिनाका अन्तिम लाग्दासम्म उच्च क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले बेसीतिर झर्ने गरेका छन् ।

जुम्लाका सबै पाटनमा रहेका भेडीगोठ आजभोलि तातो हुने आ–आफ्नो ठाउँमा झरेका छन् । भेडाका बथान सहित हिमाली पाटनबाट बेसीमा भेडापालक झरिरहेका छन्  ।

चिसो सहन नसक्ने भेडालाई जाडोबाट बचाउन बेसी झर्न थालिएको सोही गाउँपालिकाका रामलाल बुढाले बताए । वर्षभरि लेकबेसी गरेर भेडापालन व्यवसायमा लागिरहेका लाई हिउँदको समयमा भने निकै सास्ती हुने गरेको बताउँछन् ।
चरनका लागि लेकाली क्षेत्र खुला हुने भए पनि बेसी झर्दा सामुदायिक वन उपभोक्ता समूहले चरन सुविधा उपलब्ध नगराउँदा हिउँदमा समस्या भोग्नुपरेको भेडापालक किसानहरूले गुनासो गर्छन् ।

बेसी क्षेत्रमा सामुदायिक वनको नाममा स्थानीयवासीले दुःख दिन थालेकाले परम्परादेखि गर्दै आएको व्यवसाय संकटमा परेको छ । उनिहरुले अहिले यो पेसाप्रतिको आकर्षण घट्दै गएको बताए ।

जुम्लामा अनुमानित ८८ हजार जति भेडा बाख्राको संख्या रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र सिंह बढ्थापाले बताए ।

कर्णाली प्रदेश सरकारले भेडी गोठालो भत्ता दिने गरेको छ। भेडाको उत्पादन बढाउन र भेडा पालक किसानलाई प्रोत्साहन गर्न ‘गोठालो भत्ता’ दिने कार्यक्रम लागू गरिएको हो ।

५० देखिमाथि भेडा पाल्ने किसानलाई मासिक एक हजार पाँच सयका दरले वार्षिक १८ हजार रुपैयाँ भत्ता दिइएको हो । यो रकम सम्बन्धित किसानको बैंक खातामै जम्मा हुदै आएको छ ।

चरन क्षेत्रको अभावले र युवाको वैदेशिक रोजगारको मोहका कारण पेसा संकटमा परेको भेडा पालकहरु सुनाउँछन् ।
सिंजा–६ मा अवस्थित धरपुला माई सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष श्रीभक्त बुढा समुदायले संरक्षण गरेको वनमा हुलका हुल भेडाबाख्रा चराउँदा वन विनाश गर्न थालेकाले अधिकांश ठाउँका सामुदायिक वनमा चरिचरनमा रोक लगाउनुपरेको बताउँछन् ।

चिसो बढेसँगै हिमाली क्षेत्रका भेडीगोठ बेसी झार्न थालियो

गिडीदह पुग्न पर्यटकीय पदमार्ग निर्माण शुरु

चिसो बढेसँगै हिमाली क्षेत्रका भेडीगोठ बेसी झार्न थालियो

नियमित उडान नगर्ने जहाजलाई अवरोध गरिने