२०८२ फाल्गुन ५ गते
×

Now Playing

३५ हजार ब्ल्यांकेट, ५१ हजार त्रिपाल वितरण

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका पीडित परिवारलाई हालसम्म ३५ हजार वटा ब्ल्यांकेट वितरण गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विहिवार साँझ सम्ममा जाजरकोट र रुकुम पश्चिममा कुल ३५ हजार ५९ वटा ब्ल्यांकेटहरु वितरण भएको हो ।

जाजरकोटमा २४ हजार दुई सय २२ वटा ब्ल्यांकेट र दुई हजार दुई सय ६७ वटा म्याट्रेस वितरण भएको छ । रुकुम पश्चिममा भने १० हजार सात सय ३७ वटा ब्ल्यांकेट र दुई हजार ९१ वटा म्याट्रेस वितरण भईसकेको प्राधिरकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए ।

त्यसैगरी जाजरकोटमा हालसम्म एक सय ३२ वटा टेन्ट, ३२ हजार दुई सय १८ वटा त्रिपाल वितरण भईसकेको उनले बताए । रुकुम पश्चिमा चार सय ८९ वटा टेन्ट र १८ हजार नौं सय ७७ वटा त्रिपाल वितरण भएको छ ।

खाद्यान्न तर्फ हेर्दा शुक्रवार साँझसम्ममा कुल १५ हजार पाँच सय १९ बोरा चामल वितरण भएको प्राधिकरणका प्रवक्ता खड्काले जानकारी दिए । जाजरकोटमा नौं हजार एक सय ३२ र रुकुम पश्चिममा ६ हजार तीन सय ८७ बोरा चामल वितरण भईसकेको छ । त्यसैगरी दाल तर्फ भने रुकुम पश्चिममा ६३ दशमलव ८७ क्विन्टल र जाजरकोटमा एक सय ७३ दशमलव ८९ क्विन्टल वितरण भईसकेको प्राधिकरणको तथ्यांक छ ।

३५ हजार ब्ल्यांकेट, ५१ हजार त्रिपाल वितरण

सल्यानमा १३ जना जुवाडे पक्राउ

३५ हजार ब्ल्यांकेट, ५१ हजार त्रिपाल वितरण

गिडीदह पुग्न पर्यटकीय पदमार्ग निर्माण शुरु