२०८२ फाल्गुन ५ गते
×

Now Playing

होटेलमा एक महिलाको हत्या प्रकरणमा एक व्यक्ति पक्राउ

रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१ खलंगास्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शंकास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले शंकास्पद व्यक्ति पक्राउ गरिएको बताए ।

अनुसन्धान चलिरहेकाले सकिएपछि सार्वजनिक गरिने उनले बताए । मुसिकोट नगरपालिकाका– ७ साँखकी २८ वर्षीया भावना विक खलंगाको सत्कार होटेलको कोठा नम्बर १ मा मंगलबार बिहान मृत फेला परेको थियो । साँझ कोहलपुरबाट तालिम प्राप्त कुकुर झिकाइएको थियो ।

मृतक महिलाको घाँटीमा चोट रहेको प्रहरीले बताएको छ । प्रारम्भीक अनुसन्धानका क्रममा हत्याको कारण आर्थिक कारोबार रहेको देखिएको जनाइएको थियो ।

होटेलमा एक महिलाको हत्या प्रकरणमा एक व्यक्ति पक्राउ

कर्णाली: ‘कानून बने तर पूर्वाधार विकास प्रक्रियामै’

होटेलमा एक महिलाको हत्या प्रकरणमा एक व्यक्ति पक्राउ

सुर्खेतका तेक्वान्दो खेलाडी बङ्गालादेश जाँदै