बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि तनाव

वीरेन्द्रनगरमा बसले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । भे १ क ११२२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको भे ३प ९७४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

घटना शनिवार रातिको हो । नेपालगन्ज १२ मुक्तिपुरस्थित युनाइटेड एजुकेशनल एकेडेमीको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त बसले सुर्खेतबाट शैक्षिक अवलोकन गरी फर्किँदै गर्दा वीरेन्द्रनगर नगरपालिका–११, सुब्बाकुनामा मोटरसाइकललाई ठक्कर दिएको हो । बसको ठक्करबाट धुलायाबिट बस्ने २६ वर्षिय मनोज सुनार गम्भीर घाइते भएका थिए ।

उपचारको क्रममा सुर्खेत प्रदेश अस्पतालमा सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनालाई लिएर वीरेन्द्रनगर तनावग्रस्त बनेको छ । मृतकका आफन्तले सुब्बा कुना क्षेत्रमा नाराबाजी सहित आन्दोलन चर्काइरहेका छन् ।

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि तनाव

नेल्टा कर्णालीको अध्यक्षमा शर्मा

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि तनाव

अन्तर प्रदेश समन्वय तथा सिकाइ आदानप्रदान कार्यशाला

This will close in 0 seconds