सुब्बाकुनाबाट डेढ लाख रुपैयाँ बराबरको अवैध चिनि बरामद

नेपालगञ्जबाट ल्याएको अवैध चिनि प्रहरीले सुब्बाकुनामा बरामद गरेको छ ।

वीरेन्द्रनगर–११ स्थित प्रहरी चौकी सुब्बाकुना चेक पोष्ट अगाडी डिउटीमा खटिएको प्रहरी टोलीले नेपलगंजबाट दैलेख तर्फ जादै गरेको भे.१ ख.३१४४ नं. को ट्रकलाइ चेकजाच गर्ने क्रममा बरामद गरेको हो ।
उक्त ट्रकमा लुकाई छिपाई राखेको बिल नभएको अबैध चिनीको बोरा ५० के.जीको २६ वटा बोरा र २५ के.जी को २४ वाटा बोरा चिनि फेला परेको थियो । जम्मा सानो ठुलो गरी ५० बोरा चिनी रहेको प्रहरीले जनाएको छ । सामानको मुल्य एक लाख बाउन्न हजार बराबरको छ ।
चिनी बरामद गरी भन्सार कार्यालयमा पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय,सुर्खेतका प्रहरी नायव उपरीक्ष कलक्ष्मणबहादुर शाहीले जानकारी दिए ।







