२०८२ फाल्गुन ५ गते
×

Now Playing

गौमायाको बालक्लव यात्रा

– अकबर खान

वर्ष १७ कि गौमाया अधिकारी वीरेन्द्रनगर–१२, नेवारेमा बस्छिन् । सानै उमेर देखि वाल क्लवमा आवद्ध गौमाया, अहिले प्रदेश स्तरीय वाल क्लव संजाल, कर्णाली प्रदेशको महासचिव हुन् ।

सामान्य परिवारमा संघर्ष गरेर हुर्किएकी गौमाया अहिले अमर ज्योती मावि, नेवारेमा १२ कक्षामा व्यवस्थापन विषय लिएर अध्ययन गरिरहेकी छिन् । कुराकानी गरिरहदा उनको आत्मविश्वास देखेर यस्तो लाग्थो कि, कुनै संसद तथा मन्त्रीसंग कुराकानी गरिरहेका छौं । आफनो समस्या मात्रै होईन उनी अन्य वालवालिकाहरुको समस्यामा पनि खुलेर सरोकारवालासंग प्रस्तुत हुन सक्ने भएकिछन् । वाल क्लवमा नै आवद्ध भएर यो सवै कसरी सम्भव भयो ?, उनै गौमायासंग गरिएको कुराकानी प्रस्तुत गर्दछौं ।

‘मेरो नाम गौमाया अधिकारी हो । म कर्णाली प्रदेश स्तरीय वाल क्लव संन्जालको महासचिव । हामी अहिले वीरेन्द्रनगर १२, सुर्खेतमा वस्छौ । पहिलाको घरचाई जाजरकोट हो । वाल क्लवमा आवद्ध भएको पाँच वर्ष जती भयो । पहिला म टोल तथा वडा वाल क्लवमा आवद्ध थिए, प्रदेशमा भएको करिव एक वर्ष जस्तो भयो ।

पहिला वाल क्लव भन्ने केहि पनि थाहा थिएन । अलिअलि वोल्न मात्र जानेकि थिए । समाज जागरण केन्द्र (स्याक), नेपालका सरहरुले तिमिले चाहेपछि गर्न सक्छौ भनेर प्रेरण दिनु भयो । आफनो भविष्यकालागि मात्र नसोचेर परिवार समाजकालागि पनि म वाल क्लवमा आवद्ध भए । अनि घर परिवारको साथ सपोर्टले आज म यहाँ सम्म आईपुगेको छु ।
शुरु शुरुमा वाल क्लवमा जाँदा तथा कार्यक्रमहरुमा सहभागि हँुदा, समाजमा छरछिमेकका व्यत्तिहरुले अव यसले पढाई विगार्ने भई भन्नु हुन्थो । तर अहिले मेरो पढाई पहिलाको भन्दा झन् राम्रो भएको छ । स्कुलमा कक्षा १० सम्म पढ्दा पनि सरहरुले मलाई राम्रोसंग चिन्नु हुन्थेन । अहिले, हेडसर लगायत सरहरु सवैले मलाई राम्रोसंग चिन्नु हुन्छ । म स्कुलमा पनि सवैको प्रिय भएकी छु ।

मेरो परिवारको कुरा गर्दा वुवा, मम्मी, हामी चार दिदिवहिनी र एक भाई गरि जम्मा सात जनाको परिवार हो । आर्थिक अभावका कारण ठुल्दिदिको पढाई नसकिदै वैवाहिक जिवनमा वाधिनु पर्यो । माईलि दिदि स्नातक पढ्दै हुनुहुन्छ । साईलिदिदि ११ मा पढ्नुहुन्छ । म १२ मा पढ्छु । भाई कक्षा ९ मा ।

हाम्रो घरको मुख्य आम्दानीको स्रोतमा १०/१२ वटा वाख्रा पालेका छौ । वुवाले पढाईको महत्व वुझेर होला मजदुरी गरेर पनि हाम्रो पढाईलाई निरन्तरता गराई रहनु भएको छ । माईली दिदिको जागिर भए परिवार चलाउन अलि सहजहुने थियो ।’

हामी अलिकति पारिवारीक गफमा अलि वढी केन्दीत भयौ, गौमायाको कुराले एकछिन भावुक पनि वनायो । वत्ती मुनी अध्यारो भने झै जीवनका सप्तरंगी पलहरुमा कतै न कतै अध्यारो पाटो पनि हुन्छ भन्ने कुरा गौमायाको परिवारको कथामा पनि झल्कीएको छ । कतै खुशि र उमंग त कतै संघषै संघर्ष ।। हामी फेरी त्यो कलिलो अनुहारमा वाल क्लवले थपेको उत्साह तर्फ कुराकानी लाई केन्द्रीत वनायो ।

म को हुँ
म त फोहोर मान्छे हु
तिमी को हौ थाहा छैैन मलाई
म त वातावरण प्रदुषण गर्ने मान्छे हुँ ।
तिमी वातावरण लाई कस्तो वनाउँछौ थाहा छैन मलाई ।
म त तिमिलाई रोग ल्याईदिने मान्छे हु ।
तिमीहरु त्यो रोगसंग कसरी लड्छौ थाहा छैन मलाई ।
म त फोहोर मान्छे हु
तिमी को हौ थाहा छैैन मलाई…..
आउदै छु अव तिम्रो गाँउघरमै
सचेत हुन भन्दैछु सुनेन नभन्नु है ।
मलाई त फोहोरको खाडि नै मन पर्छ ।
तिमीहरुको जीवन थाहा छैन मलाई ।
मेरो जीवन त फोहोर मै टर्छ ।
सचेत हौ भनैको छु सचेत नभए फोहोर र रोगले भर्ने छु ।
रोक्न सक्छौ त रोक मलाई हात खडा गर्ने छु ।
तिमि को हौ थाहा छैन मलाई
म त फोहोर मान्छे हु मार्ने छु सवैलाई
म त फोहोर मान्छे हु मार्ने छु सवैलाई ….

यो कविता हो । म कविले आफु फोहोर हो, मलाई जताभावि नफाल्नुहोस्, मैले वातावरण प्रदुषण गछु । मैले प्रकोप र रोगहरु ल्याउछु, सचेत हुन भनेकै छु नत्र त्यसैले मार्छु सवैलाई । यसमा मैले सवैलाई सचेत हुन भनेको छु ।

मैले गजल, कविता, उपन्यास, कथा, साहिरी निवन्ध मा पनि रुचि राख्छु । मैले उपन्यास लेख्ने तयारी गरिरहेको छु । यो सवै वाल क्लवको देन हो । आफ्नो प्रतिभा प्रस्फुटन गर्ने मौका मिलेको छ । समाजको वारेमा साहित्यको माध्यमबाट चेतना फैलाउन सक्ने भएको छु । यसरी समाजमा तथा साथिभाइहरुलाई वुझाउँन पनि सजिलो हुने रहेछ ।

अव हामीहरु जहाँ जहाँ वाल क्लव छैनन् त्यहाँ वाल क्लव स्थापना गर्ने छौं । वालवालिकाका लागि वाल क्लव अत्यन्तै आवश्यक हुन्छ, वालवालिकाको समस्या तथा वालवालिकाहरुको क्षमता अभिवृद्धि गर्ने थलो नै वाल क्लव हो । जहाँबाट एक सक्षम, क्षमतावान, नेतृत्ववान व्यक्ति तयार हुन्छ । जसले भोलिको पुस्ता डाक्टर, पाईलट, ईन्जिनियर, व्यापारी, कर्मचारी, नेता, जे भएपनि राम्रो जनशक्ति तयार हुन्छ भन्ने हो । त्यसैले पनि वाल क्लव र वाल वालिकामा लगानी वढाउनु पर्छ र गाँउगाँउमा वाल क्लव हुनुपर्छ भन्ने हो ।

कर्णाली आफैमा विकट छ, यहाँका धेरै जसो वालवालिका राज्यको पहुँच भन्दा वाहिर छन्, धेरै जसो गरिवीको रेखामुनी छन् । कति अभिभावक विहिन छन् कति शारिरिक रुपमा अपांगता भएका छन्, कति लैंगिक अल्पसंख्यकको रुपमा रहेका छन्, सामान्य आधारभुत कुरा शिक्षा स्वास्थ्यबाट पनि वञ्चित छन् । त्यसता वालवालिकामा लगानी बढाउनुपर्छ भन्ने हो ।

यो वर्षको वाल दिवस, २०८० को नारा पनि ‘वालवालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने छ । नारा जस्तै वालवालिकामा लगानी भयो भने, भोलि देश समृद्ध हुनलाई कसैले रोक्न सक्दैन । किन भने यिनै वालवालिका हुन्, भोलिको देश चलाउने कर्मचारी, नेता, संसद्, मन्त्री र प्रधानमन्त्री ।

यति मात्र हैन गौमायले वालवालिका र देशलाई समृद्ध बनाउने धेरै कुरा गरिरहिन् । हामी शान्तसँग सुनि रह्यौ । लाग्थ्यो देश चलाउने चावि नै गौमायकोे हातमा राखिदिउँ जस्तो । वुवालाई साक्षी राखेर कुराकानी गरिरहेकी गौमायाको बुवासंग पनि हामीले थोरै कुराकानी गयौँ ……..

मेरो नाम भगवानप्रसाद जैशी हो । मेरो पनि सपना थियो सवैसंग परिचीत हुन र सामाजिक क्षेत्रमा काम गर्ने । मैले पारिवारीक अवस्थाका कारण त्यो पुरा गर्न सकिन । र, अहिले आएर कान्छी छोरीले त्यो सपना पुरा गछिन् कि झै लागेको छ । म असाध्यै खुशी छु । फुटेको आखा नयाँ हालेको जस्तो अनुभुती भरहेको छ । कान्छी छोरीका कारण स्कुलमा पनि सरहरुले सम्मान गर्नुहुन्छ । गौमायाको वुवा हुँ भन्दा गर्भ लागिरहेको छ ।

छोरिको काम ले अत्यन्तै हौसिनु भएका बुवाको कुरा सुनिसकेपछि यो कसरी सम्भव भयो त भन्दा । कर्णालीमा वालवालिकाको क्षेत्रमा लामो समय देखि काम गरिरहेको २१ वटा संस्थाहरु मिलेर वालवालिकाहरुका लागि साझा अभियान अर्थात् सिसिआर कर्णालीको स्थापना गरि वाल वालिकाहरुको सवालमा काम गरिरहेको थाहा पायौँ ।
जे होस् गौमायाको वाल क्लव यात्राले उनको भावी जीवनमा ठुलो सफलता मिलोस्, हाम्रो शुभकामना ।।

गौमायाको बालक्लव यात्रा

तोलीखोला जाजरकोट सडक विस्तार जारी

गौमायाको बालक्लव यात्रा

भेरी नदीमा तैरिरहेको अवस्थामा लास फेला पर्याे