२०८२ फाल्गुन ५ गते
×

Now Playing

‘जवा तिला’ हाइड्रोपावरलाई एक करोड ६० लाख निकासा

जुम्लामा ७० मेगावाट क्षमताको जवा तिला जलविद्युत (हाइड्रो पावर) निर्माणका लागि एक करोड ६० लाख निकासा भएको छ ।

हाइड्रोपावर जुम्लाको तिला गाउँपालिका–३ कुडारीमा बन्नेछ । सबैभन्दा ज्यादा क्षमताको जवा तिला जल विद्युत आयोजना कुडारीमा बन्ने देखिएको कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले बताए ।

उज्यालो जुम्लाको सपनालाई सार्थक तुल्याउन नेपाल विद्युत प्राधिकरणले आयोजना निर्माणका लागि सर्वे लाइसेन्स प्राप्त गरेको छ । झण्डै दुई बर्ष पछि आरोह अवरोहको सामना गर्दै लाइसेन्स प्राप्त गर्ने अवस्थासम्म आइ पुगेको छ ।

जुम्लाको तिला र जवा नदीमा बगिरहेको पानी नगदमा रूपान्तरण हुनेछ । जुम्लाको पातारासी गाउँपालिकाबाट बग्ने जवा नदी र जुम्लाकै तिला नदीबाट ठूलो क्षमता जलविद्युत आयोजना निर्माण हुने टुंगो लागेको छ । तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल हुदा नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठकले आयोजना निर्माणलाई तत्काल अघि बढाउने निर्णय गरेको थियोे । यो ऐतिहासिक कदमले हर्षित तुल्याएको छ ।

उर्जा उपयोगको यो कार्यले मातृभुमीका लागि जीवन पर्यन्त योगदान गर्ने संकल्पमा उर्जा थपिएको भण्डारीले बताए । उनले भने, ‘उत्साहको ग्राफ बढेको छ । जवा हुदै तिलामा बगेर खेर गइ रहेको पानीलाई जुम्लाको समृद्धिमा उपयोग गर्ने लक्ष्यका साथ जल विद्युत निर्यात गर्ने बर्षौको सपना सार्थक हुदैछ । आफ्नै साधनस्रोत उपयोग गरेर अँध्यारो जुम्लाको गर्भबाट उज्यालो जुम्ला जन्माउने संकल्प यथार्थमा परिणत हुनेछ ।’

जवा तिला नदीमा हजारौं मेघावाट बत्ती बगेर खेर गइ रहने बिडम्वना अन्त्य हुनेछ । भण्डारीका अनुसार उर्जा मन्त्री शक्तिबहादुर बस्नेतले सक्रियतामा लाइसेन्सको लागि रकम एक करोड ६० लाख निकासा भएको हो । प्रदेश गौरबकै आयोजनाका रूपमा निर्माण हुने ३५ अर्ब लागत अनुमानको विद्युत परियोजनाले जुम्लीका गाउँघर मात्र उज्यालीने छन । मुलुकलाई उज्यालो समेत निर्यात गर्नेछ । यो आयोजनाले कर्णाली समृद्धिको ढोका खुल्ने अपेक्षा छ ।

‘जवा तिला’ हाइड्रोपावरलाई एक करोड ६० लाख निकासा

डोल्पा काईगाउँदेखि दुधकुण्डली

‘जवा तिला’ हाइड्रोपावरलाई एक करोड ६० लाख निकासा

कविता: पापीयका आत्माहरु