कानुनी दायरामा नल्याए देशभर आकस्मिकबाहेकका सेवा बन्द गर्ने चिकित्सक सङ्घको चेतावनी

काठमाडौं ।
नेपाल चिकित्सक सङ्घले हेटौँडामा डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कानुनी दायरामा नल्याएमा देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ ।

चिकित्सक सङ्घले बिहीवार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त बिडारीमाथि भएको कुटपिटको निन्दा गर्दै आफ्ना माग पूरा नभएमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएको हो । बिरामीको उपचारमा लापर्बाही भएको भन्दै मृतकका आफन्तले डाक्टरलाई ज्यानै मार्ने उद्देश्यका साथ कुटपिट भएको सङ्घको दाबी छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त बिडारीमाथि हिजो बुधवार बिहान कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

झन्डै एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गी भएका हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापर्बाही भएको भन्दै उनँका आफन्तले डाक्टरमाथि कुटपिट गरेका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

कानुनी दायरामा नल्याए देशभर आकस्मिकबाहेकका सेवा बन्द गर्ने चिकित्सक सङ्घको चेतावनी

राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि

कानुनी दायरामा नल्याए देशभर आकस्मिकबाहेकका सेवा बन्द गर्ने चिकित्सक सङ्घको चेतावनी

YUGAAWHAN NATIONAL DAILY (2080-05-29)