रूबी खानलाई भेट्न माइतीघर जाँदै गृहमन्त्री रवि लामिछाने

काठमाडौं,३० पाैष ।
उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने आन्दोलनमा रहेकी रूबी खानलाई भेट्न माइतीघर जाँदैछन्। निर्मला कुर्मीको न्यायका लागि आन्दोलनमा रहेकी रूबी खानलाई भेट्न गृहमन्त्री लामिछाने माइतीघर मन्डला जान लागेको सचिवालयले जनाएको छ।
रूबी खान लगायतले काठमाडौंमा आन्दोलन गरेको शनिबार १७ औं दिन पुगेको छ। उनीहरूले लालटिन बालेर कलंकीबाट जुलुससहित माइतीघरमा पुगेका हुन्।
उनीहरूले विधवा महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र हत्या गरेको भन्दै न्याय माग गरिरहेका छन्। रूबी खानलगायतले यो तेस्रो चरणको आन्दोलन गरेका हुन्। सरकारी पक्षसँग बारम्बार छलफल गरेपनि न्याय नपाएको उनीहरूको गुनासो छ।






