‘ठूलो ओखती’ भनिने जडीबुटी खाएका एक जनाको ज्यान गयो, दुई जना बिरामी

दैलेखमा ‘ठूलो ओखती’ भनिने जडीबुटी खाएका एक जनाको ज्यान गएको छ । दुई जना गम्भीर बिरामी परेका छन् ।
भगवतीमाई गाउँपालिका–४ तुर्सूगाउँका २५ वर्षीय नर्तम विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज किशोर लम्सालले जानकारी दिए ।

नर्तमलाई दुई दिन अघिदेखि ज्वरो आएको थियो । ज्वरोले बिरामी भएको अवस्थामा गाउँमा ठूलो ओखती भनिने जडीबुटी खाएको जानकारी आएको लम्सालले बताए । ६१ वर्षका धने कामी र १२ वर्षीय रमेश विकको पनि स्वास्थ्य अवस्था गम्भीर छ ।

उनीहरुलाई दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्काले जानकारी दिए ।

‘ठूलो ओखती’ भनिने जडीबुटी खाएका एक जनाको ज्यान गयो, दुई जना बिरामी

बेलायतमा उडुसले हैरानी बनायाे

‘ठूलो ओखती’ भनिने जडीबुटी खाएका एक जनाको ज्यान गयो, दुई जना बिरामी

भलिबलमा नेपालको रोमाञ्चक जित