३४ वर्षमा ७२ लाख भ्रष्टाचार

सुर्खेत । सरकारी जागिरे जीवनमा ७२ लाख रुपैयाँभन्दा धेरै भ्रष्टाचार गरेको भन्दै मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२०३६-११-१० मा सरकारी सेवा प्रवेश गरेका उनले २०७०-८-१६ सम्म कुल १ करोड ६९ लाख २० हजार ५३८ रुपैयाँ लगानी खर्च गरेको तर सोही अवधिमा आम्दानी भने ९६ लाख ६८ हजार ५७ रुपैयाँ मात्र गरेको अख्तियारले जनाएको छ ।

आम्दानी र अर्च अमिल्दो देखिएपछि अख्तियारले गरेको अनुसन्धानमा उनीसँग ७२ लाख रुपैयाँबराबरको अकुत सम्पत्ति देखिएको छ । अख्तियारले उनीविरुद्ध अकुत सम्पत्तिबराबरको बिगो कायम गरी हदैसम्मको कारबाही गर्न माग गर्दै बिहीबार मुद्दा दायर गरेको हो ।

३४ वर्षमा ७२ लाख भ्रष्टाचार

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न माग

३४ वर्षमा ७२ लाख भ्रष्टाचार

एमयूका उपकुलपति डा. सिंह थप विवादित

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!