नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न माग
सुर्खेत । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहरिएका सबैलाई कारवाहीको माग गर्दै वीरेन्द्रनगरमा विरोध प्रर्दशन गरिएको छ ।
बिहीबार एकीकृत समाजवादी निकट संगठनहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई छिटो भन्दा छिटो कानूनी दायरामा ल्याउनु पर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।
उनिहरुले यस प्रकरणमा कुनै पनि राजनैतिक दबाबका कारण पछि हट्न नहुने जनाएका छन् । नेपाल भुतपुर्व सैनिक तथा प्रहरी संगठन समाजवादीका कर्णाली प्रदेशका अध्यक्ष खड्क केसीले भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहयोग गर्न आग्रह गरेका छन । राजनीतिलाई आधार बनाएर हुने विभिन्न खालका भ्रष्टाचारले समग्र मुलुकको बदनाम हुने भएकाले यसलाई सदाका लागि अन्त्य हुनुपर्ने उनको भनाई थियो ।
विरोध सभामा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य कृष्ण बिसी, शिवप्रसाद उपाध्याय, कुलदिप भट्ट, सुर्खेत जिल्ला अध्यक्ष मोहनसिंह बडुवाल आदिवासी जनजाति महासंघ समाजवादीका केन्द्रिय सचिव बिरबहादुर रावत, प्रदेश कमिटी सदस्य बसन्तकुमार बिश्वकर्मा, अनेमसंघ सुर्खेतका अध्यक्ष धना शाही, युवा संघ नेपालका प्रदेश कमिटी उपाध्यक्ष ध्रुव थापा लगायत नेता तथा कार्यकर्ताहरु उपस्थित रहेको थियो ।