राष्ट्रपति रनिङ्ग शिल्ड छनाैट प्रतियाेगिता चिङ्गाडमा सुरू

सुर्खेत, २८ माघ ।
चिङ्गाड गाउँपालिका स्तरीय चौथो राष्ट्रपती रनिङ्शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरू भएको छ । वडा नं २ स्थित जनता माध्यामिक विद्यालय रानीवासमा प्रतियोगिता सुरू भएको हो ।
प्रतियोगिताको गाउँपालिका अध्यक्ष बोधबिक्रम जिसीले उद्घाटन गरेका हुन् । उद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जिसीले शिक्षा र खेलकुद विकासलाई प्राथमिकता दिने बताए । सबै भन्दा पहिला मानविय विकास महत्वपूर्ण रहेको भन्दै मानविय विकासलाई जोड दिने बताए ।

यस्तै उपाध्यक्ष मिना कुमारी रोकायले बालबालिकाको सर्वाङ्गिर्ण विकासका लागि विधालय उमेरदेखि नै खेलकुद, संगित जस्ता विधामा पनि उपयुक्त वातावरण बनाउनुपर्ने बताइन । प्रतियोगितामा गाउँपालिकाभित्र रहेका सात वटा माध्यामिक विधालयबाट सहभागिता रहेको आयोजक जनता माविका प्राधानाध्यापक विनोद कुमार यादवले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा एथलेटिक्सका विभिन्न विधा, भलिवल लगायतका खेलहरू खेलाईनेछ । प्रतियोगिता जनता माविका विव्यस अध्यक्ष भीम बहादुर परियारको अध्यक्षतामा सञ्चालन भएको छ ।







