जेसिजको आयोजनामा रक्त समूह परिक्षण र सम्मान कार्यक्रम सम्पन्न

प्रभुराम पाण्डे

कालिकाेट,२८ माघ ।

कालिकोट र कर्णाली जेसिज कालिकोटको शाखा वर्ष २०२३ को आयोजना स्वास्थ्य सेवा कार्यालय कालिकोटको समन्वय खाँडाचक्र नगरपालिका कालिकोट र नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखाको सहयोगमा रक्त समूह परिक्षण ,स्वास्थ परामर्श तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम कर्णाली जेसीज शाखा बर्ष २०२३ का अध्यक्ष जेसी हरि प्रसाद पाण्डेको सभा अध्यक्षता , निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटक बहादुर महतको प्रमुख आतिथ्यता, नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखाका सभापति बल प्रसाद सञ्जाल र कर्णाली जेसिज कालिकोट शाखा वर्ष २०१६ का अध्यक्ष भरत राज बिष्टको विशेष आतिथ्यता शमसेर गण नेपाल आर्मी, जिल्ला प्रहरी कार्यलय कालिकोट , ससत्र प्रहरी बल ,ट्राफिक कार्यलय कालिकोट लगाएतको अथितिमा कालिकोट जिल्लामा क्रियाशील राजनितीक दल पत्रकार,सरोकारवाला निकायको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम प्रतिमा चोक मान्म बजार, कालिकोटमा भएको हो । कार्यक्रममा निशुल्क रक्त समूह परिक्षण स्वास्थ परामर्श कार्यक्रमको सुरुवातदेखि कार्यक्रम समापन पछि पनि सेवा दिएरका थिए । अन्त्यसम्म कम्तीमा १५६ जनाको रक्त समूह परिक्षण र स्वास्थ परामर्श लिएका हुन ।

उक्त कार्यक्रममा कालिकोटको बिरामीहरु नाजुक अबस्थामा रगत नपाए र छटपटी रहेको बेला पुनर्जीवन बनाउने शमसेर गण नेपाल आर्मी, जिल्ला प्रहरी कार्यलय कालिकोट , ससत्र प्रहरी बल नेपाललाई प्रामाण पत्र सहित सम्मान कार्यक्रम गरेको हो ।

कर्णाली जेसिज कालिकोट वर्ष २०२३ का अध्यक्ष जेसि हरि प्रसाद पाण्डेले आफ्नु भनाइ राख्दै कालिकोटमा बलड बैंक नभएकाले इमेर्जेन्शी रगत आपूर्तिमा सहजता ल्याउनका लागी कालिकोट जिल्लामा रक्त समूह परिक्षण गरि रक्तदान कार्यक्रम आवश्यक रहेको जेसि पाण्डेले बताए ।

यस्तै अन्य प्रमुख अथिती, विशेष अथिती र अथिती हरुले मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको संचालन कर्णाली जेसिज बर्ष २०२१ का अध्यक्ष जेसी लक्ष्मण कुमार शाहीले गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!