राष्ट्रियता रक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गर्न : ऊर्जामन्त्री लिङ्देनको आग्रह

काठमाडौं,२८ माघ ।

उपप्रधान एवं ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनले राष्ट्रियताको रक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गर्न विद्यार्थीहरूलाई आग्रह गरेका छन्।शनिबार काठमाडौंमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको राष्ट्रिय भेला उद्घाटन गर्दै राप्रपा अध्यक्ष समेत रहेका लिङ्देनले अहिले राष्ट्रियतामाथि चौतर्फी प्रहार भइरहेको भन्दै राष्ट्रियताको रक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गर्न विद्यार्थीहरूलाई आग्रह गरेका हुन्।

उनले विद्यार्थीहरूले पढेर शैक्षिक प्रमाणपत्र प्राप्त गरेर टेक्ने देश रहेन भने प्रमाणपत्रको कुनै कुनै अर्थ नरहने बताए। लिङ्देनले पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन गुण्डा उत्पादन गर्ने नभई देशभक्त उत्पादन गर्ने संगठन भएको जिकिर गरे।

उनले पार्टीलाई बलियो बनाउनका साथै पार्टीमा बलियो भूमिका स्थापितका लागि जिल्ला जिल्लामा गएर काम गर्न सुझाव पनि दिए। लिङ्देनले मुलुकको शैक्षिक प्रणाली बेरोजगार उत्पादन गर्ने कारखाना मात्रै भइरहेको अवस्थामा समयसापेक्ष मुलुकको शैक्षिक प्रणालीलाई परिवर्तन गर्नुपर्ने धारणा राखे।

राष्ट्रियता रक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गर्न  : ऊर्जामन्त्री लिङ्देनको आग्रह

सांसद फेरिए, विकास फेरिएन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!