२०८२ फाल्गुन ५ गते
×

Now Playing

लागुऔषधविरुद्ध लालटिन अभियान शुरु

कर्णाली प्रदेश प्रहरीले असोज २५ गतेबाट लागुऔषधविरुद्ध लालटिन अभियान शुुरु गर्ने भएको छ । लागुऔषध नियन्त्रणका लागि प्रदेश प्रहरीले विशेष अभियान २०८० शुरु गर्न लागेको हो ।

लागुऔषधले व्यक्ति र समाजमा दीर्घकालीन रूपमा नकरात्मक असर पारेको भन्दै कर्णाली प्रदेश प्रहरीले लालटिन अभियान शुरु गर्न लागेको डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए ।

लागुऔषध दुर्व्यसन, अवैध रूपमा ओसारपसार र बेचबिखन नियन्त्रणका लागि यो अभियान सुरु गर्न लागेको उनले बताए । कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि गाउँसम्म कमिटी बनाएर लालटिन अभियान अघि बढाउन तयारी भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

डीआईजी ढकाललका अनुसार नागरिकलाई सचेत बनाउन सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने बताए । लागुऔषध दुव्र्यसन र अपराधलाई निरुत्साहित गर्न समाज र नागरिकमा सुरक्षित अनुभूति बनाउन अभियान शुरु गरिएको उनले बताए ।

कर्णालीमा लागुऔषधको अवैध ओसारपसारमा संलग्न संगठित गिरोहको गतिविधि सीमावर्ती क्षेत्रमा झन बढ्दै गएकोले यसको अभियान शुुरु गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लागुऔषधविरुद्ध लालटिन अभियान शुरु

जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना हुने

लागुऔषधविरुद्ध लालटिन अभियान शुरु

उत्कृष्ट कार्य गरेबापत डा. डम्बर खड्का सम्मानित