ट्याक्टर दुर्घटनामा एक घाइते

दैलेख,२७ माघ ।

ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । दैलेखको लोहोरे खोलाबाट सदरमुकामतर्फ आउँदैगरेको से २ त १६५२ नम्बरको ट्याक्टर नारायण नगरपालिका –८ सिमाडामा भएको दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख (डीएसपी) ईश्वर लम्सालले दुर्घटनामा परी भगवतीमाई गाउँपालिका –१ गन्मका ६० वर्षीय गोबिन्द अधिकारी घाइते  भएको जानकारी दिए । घाइतेलाई उपचारका लागि दैलेख अस्पतालमा ल्याइएको र अवस्था गम्भीर रहेको जानकारी दिए  । ट्याक्टर चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर दुर्घटनामा एक घाइते

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

ट्याक्टर दुर्घटनामा एक घाइते

भेरिगङ्गा नगर स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड छनोट

Leave a comment

Your email address will not be published. Required fields are marked *