भेरिगङ्गा नगर स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता सुरु

 दिलिप ढकाल

सुर्खेत,२७ माघ ।

स्वास्थका लागि खेलकुद,राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ पुर्बी सुर्खेतको भेरिगङ्गा नगरपालिका स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड आज बाट सुरु भएको छ। भेरिगङ्गा नगरपालिका वडा नम्बर ८ स्थित श्री नेरा मावि लोदेको बिद्यालय प्राङ्गनमा सुरु भएको रास्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको नगर प्रमुख यज्ञ प्रसाद ढकालले पानसमा बत्ति बालेर उद्घाटन गरेका हुन् ।

रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भेरिगङ्गा नगरपालिका भित्रका १८ वटा माबि स्थरिय बिद्यालय मध्ये १६ वटा विद्यालयको सहभागिता रहेको नेपाल रास्ट्रीय माध्यमिक बिद्यालय लोदेका प्रधानाध्यापक भानु शर्माले जानकारी दिए ।  कार्यक्रममा सभाको सभाध्यक्ष गरेका  नगर प्रमुख यज्ञ ढकाल उद्घाटन समारोहमा बोल्दै सभ्य र भब्य तरिकाले रास्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सम्पन्न गरि पालिका बाट जिल्ला हुदै प्रदेश सम्म भेरिगङ्गा नगरपालिकाका को नाम परिचित बनाउन सक्ने बिश्वास समेत ब्यक्त गरेका थिए ।

यस्तै भेरिगङ्गा नगरपालिकाकि उपमेयर धनसरा बोहरा , वडा नम्बर ८ का वडा अध्यक्ष पुसे कामी , वडा नम्बर ६ का वडा अध्यक्ष लालसिङ बुढा ,वडा नम्बर १३ क अध्यक्ष गणेश बहादुर भण्डारी , नेरा माबी लोदेका प्रधानाध्यापक भानु शर्मा ,भेरिगङ्गा नगरपालिका शिक्षा शाखा प्रमुख गजेन्द्र जिसीले कार्यक्रममा आफ्नो भनाई राख्दै अहिलेका बिद्यार्थी भोलि गहना भएको बताउदै बिद्यार्थी लाई बिद्यालयमा खेलको पूर्व तयारि गराई रनिङ्ग शिल्ड छनोट प्रतियोगितामा सहभागी गराएकोमा बिद्यालय परिवारलाई धन्यबाद दिदै सहभागी खेलाडी लाई भेरिगङ्गाको नाम जिल्ला हुदै प्रदेश र केन्द्र सम्म पुर्याउन सक्ने बिश्वास सहित सुभकामना ब्यक्त गरेका थिए।

नगरस्तरीय प्रअ हरुको बैठकले २०७९ को भेरीगंगा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भेरिगङ्गा नगरपालिका वडा नम्बर ८ को नेरा मावि मैनतडा लोदे मा गर्ने निर्णय अनुसार भेरिगङ्गा नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता संचालन हुन लागेको हो। प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी, एथ्लेटिक्सतर्फत दौड, ढुंगा फ्याक्ने, हाइजम्प, लंगजम्प, त्रिपजम्प, ज्याभेलिंग थ्रो, सटफुटका प्रतियोगिताहरु हुनेछन् ।

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता छनौटका खेलहरु माघ २७गते (आज) र २८ गते हुने भएका हुन्। भेरिगङ्गा नगरपालिका मेयर यज्ञ ढकाल, उपमेयर धनसरा बोहरा , वडा नम्बर ८ का वडा अध्यक्ष पुसे कामी , वडा नम्बर ६ का वडा अध्यक्ष लाल सिङ बुढा ,वडा नम्बर १३ का वडा अध्यक्ष गणेश बहादुर भन्डारी,बिभिन्न शाखामा कार्यरत कर्मचारी, बिद्यालयका प्रधानाध्यापक,शिक्षक बिद्यार्थी,सुरक्षाकर्मी तथा संचारकर्मीहरु को रनिङ शिल्ड छनोट प्रतियोगिताको उद्घाटन समारोहमा उपस्थिति रहेको थियो। भेरिगंगा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा नेर माबि लोदेको सह आयोजनामा रनिङ शिल्ड छनोट प्रतियोगिता सम्पन्न भएको हो।

भेरिगङ्गा नगर स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता सुरु

ट्याक्टर दुर्घटनामा एक घाइते

भेरिगङ्गा नगर स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता सुरु

पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प

Leave a comment

Your email address will not be published. Required fields are marked *