सुत्केरीको हेलिकोप्टरबाट उद्धार

कालीकोट,२७ माघ ।

जिल्ला अस्पताल कालीकोटबाट एक जना सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। तिलागुफा नगरपालिका वडा नम्बर ७ की ३४ वर्षीया दन्दा विष्ट रावतको अत्याधिक रक्तश्राप भएपछि हेलिकोप्टर मार्फत उद्धार गरिएको हो। उनलाई थप उपचारका लागि हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका स्वास्थ्य व्यवस्थापक डा. रत्नवीर सुनारले नन्दा विष्टको बच्चा भन्दा पाठेघरको मुखमा पहिला साल आएर बसेको र अध्याधिक रक्तश्राव भएपछि जिल्लामा उपचार सम्भव नभएकाले सुर्खेत पठाइएको बताए । उनलाई तत्काल अप्रेसनपछि बच्चालाई आईसीयू मा राख्नुपर्ने भएकाले उद्धार गरिएको अस्पतालले जनाएको छ।

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

चिस्यान केन्द्र नहुँदा सुन्तला : कतै धानसँग

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

ट्याक्टर दुर्घटनामा एक घाइते

Leave a comment

Your email address will not be published. Required fields are marked *