मदन भण्डारी राजमार्गको सल्यान खण्डको स्थलगत अवलोकन


सल्यानको श्रीनगर देखि वालुवासँग्रही क्षेत्र सम्मको सडकको शुक्रवार भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वाला सहितको टोलिले स्थलगत अनुगमन गरेको छ ।

उक्त सल्यान खण्डको श्रीनगर देखि वालुवासँग्रही क्षेत्र सम्मको ४३ किमि सडक खण्डको काम वहुवर्शिया ठेक्कामा जाने भएको छ ।

उक्त आयोजनाको क्षेती थप नयाँ सडकको रेखांकन,घरहरुको मुआब्जा लगाएतको क्षेती हुन सक्ने विवरणका विषयमा शुक्रवार मन्त्री ज्वाला,मदन भण्डारी राजमार्ग योजना प्रमुख शम्भु प्रसाद आचार्य, बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख कर्ण वहादुर वुढाथोकि, उप प्रमुख पुरुषोत्तम आचार्य, इन्जिनियर महेश देवकोटा, वडा अध्यक्ष गणेश विसि, रुद्र परियार, रमेशकुमार गौतम सहितको टोलिले सो सडक खण्डमा पुगेको छ ।

शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिका क्षेत्रमा केही घरहरूमा उक्त सडकले ठुलो क्षती पु¥याउने आंकलन गरिएको छ ।

बनगाड कुपिण्डेको जयतपानि, वावियाचौर, ढोरपिपल, गरा र वालुवासँग्रही स्थानीय वजारमा समस्या रहेको छ । सरकारले उक्त सडकमा भने जग्गाको मुआब्जा नदिने भएको छ । नालि सहित ११ मिटर सडक चौडा हुने जनाएको छ । ४३ किमिको प्रती किमि सात करोडका दरले खर्च हुने अनुमान गरिएको छ ।

मदन भण्डारी राजमार्गको सल्यान खण्डको स्थलगत अवलोकन

कोटिलामा कर्णाली नदीमाथि बेलिब्रिज निर्माण

मदन भण्डारी राजमार्गको सल्यान खण्डको स्थलगत अवलोकन

आँखा शिविरमा ९ सय भन्दा बढिको शल्यक्रिया