हिमपहिरोमा परेकाको खोजीमा मुगु पुग्यो सेनाको हेलिकप्टर
सुर्खेत । मुगुमा हिमपहिरोमा फसेकाहरुको खोज तथा उद्दारको लागि नेपाली सेनाको हेलिकप्टल मुगु पुगेको छ । शुक्रबार मुगुको च्यार्खु पाटनमा यार्सा टिप्न गएका जुम्लाका १४ र मुगुका एक गरी १५ जना हिमपहिरोमा परेका थिए । हिमपहिरोमा परेका मध्ये आइतबार १२ जना सम्पर्कमा आएका छन्, भने तीन जना वेपत्ता छन् ।
सोमबार बिहानै बेपत्ताहरूको खोजी कार्यका लागि नेपाली सेनाको उत्तर पश्चिम हेडक्वाटर सुर्खेतबाट हेलिकप्टर मुगु पुगेको हो । मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाका अनुसार हिमपहिरोमा परी जुम्लाको पातारासी गाउँपालिका-२ का ३६ वर्षीय पुन्न सार्की, ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएका छन् ।
हेलिकप्टर मुगु पुगेर पहिलो चरणमा दुईजना सुरक्षाकर्मी लिएर घटनास्थलतर्फ गएको प्रजिअ थापाले बताए । बेपत्ताहरूको खोजी तथा उद्दारका लागि आइतबार बसेको कणर्ाली प्रदेश सरकारको सुरक्षा समितिको बैठकले हेलिकप्टर पठाउने निणर्य गरेको थियो । जेठ ४ गतेबाट यार्सागुम्बा सङ्कलनका लागि खुला गर्ने भनिए पनि उनीहरु अवैध बाटोबाट यार्सा पाटन पुगेको बुझिएको छ ।