जनहितकारी बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा सम्पन्न

यमुना गौतम
सुर्खेत,२४ पुष
जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि वीरेन्द्रनगरको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सहकारीले विभिन्न समुदाय केन्द्रिय सेवाहरु अशक्त, असहाय, गरिब तथा दैवीप्रकोपबाट पिडित व्यक्तिहरुलाई आर्थिक सहयोग,विभिन्न चेतनामूलक तथा जागरण सम्बन्धी कार्यक्रमको सञ्चालन गर्दै आएको छ ।शनिबार देखी यामलाल कडेलद्धारा एटिएम कार्ड पनि उट्घाटन भएको छ ।
ऋण संयोजक वलिराम जैसीले , ७५ प्रतिशत पुँजिलाई व्यवसायमा केन्द्रित गर्ने र २५ प्रतिशत सामाजिक सुरक्षामा लगाएकाे बताएका छन । उनले संस्थाकाे आफ्ना संञ्चालनका क्रममा विभिन्न उकाली ओराली पार गर्दै आजका दिन सम्म आईपुग्दा एक मुख्य कार्यालय र दुई वटा सेवा केन्द्र सुर्खेत बजारको पिपिरा बाट यस संस्थाले सदस्यहरु मा सेवा पुर्याएको जनाएका छन ।
सभापति हरिहरनाथ योगी,प्रमुख अतिथि प्रदेश सभा सदस्य यामलाल कंडेल , विशेष अतिथि सन्तोषी शाही कर्णाली प्रदेश सभा सदस्य, नन्दा गुरुङं कर्णाली प्रदेश सभा सदस्य,काली बहादुर महतारा रा.वै केन्द्रिय बहुउदेशिय सहकारी संघ के.सदस्य ,अतिथिहरु, लेखा सुपरिवेक्षणका पदाधिकारीहरु, , सेयर सदस्यहरु, सम्पूर्ण कर्मचारी अन्य जनहितकारी साकोसको प्रांगण वीरेन्द्रनगरमा सहभागि भएका थिए ।






