२०८२ बैशाख १७ गते
×

Now Playing

साफ यू–२० वुमेन्स च्याम्पियनसिप : भारतलाई हराएर नेपाल फाइनलमा

काठमाडौँ ,२४ माघ ।

नेपाल बंगलादेशमा भइरहेको साफ यू–२० वुमेन्स च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको छ । नेपालले मंगलबार भएको खेलमा उत्कृष्ट पुनरागमन गर्दै भारतलाई ३–१ ले हराएको हो । पहिलो हाफमा नेपाल एक गोलले पछाडि रहेको थियो ।

त्यसयता नेपालले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको हो । ढाकाको वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कलम स्टेडियममा भएको खेलमा नेपालका लागि अञ्चली चन्दले ४८, प्रिति राईले ६९ र अमिसा कार्कीले ८९ एक÷एक गोल गरे ।

भारतका लागि भने अपूर्ण नर्जारीले एक गोल गरेकी थिइन् । कप्तान प्रितिले भने पेनाल्टीबाट गोल गरेकी हुन् । यो जितपछि नेपालको तीन खेलबाट छ अंक भएको छ । आफ्नो पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपालले दोस्रो खेलमा भने भुटानलाई हराएको थियो । हारपछि भारत भने तीन खेलबाट चारै अंकमा सीमित रह्यो । भारतले भुटानलाई हराएयता बंगलादेशसँग बराबरीमा रोकिएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *