रुकुम पश्चिममा १९ जना फरार अभियुक्त पक्राउ

जाजरकोट,२४ माघ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले १९ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार रहेका १९ जनालाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूमध्ये २०६५ साल साउन १६ मा कर्तव्य ज्यान मुद्दामा फरार रहेका जिल्लाको मुसिकोट नगरपालिका–१ का अकबिर भनिने अतिराम ओली सबैभन्दा पुरानो मुद्दामा पक्राउ परेका छन्।

उनी विरुद्ध २०७५ साल फागुन ८ गते सर्वोच्च अदालतले २० वर्ष कैदको फैसला गरेको थियो। रुकुम अदालतले २०६९ असोज २१ मा गाली बेइज्जती मुद्दामा दोषी ठहर गर्दै फैसला गरेपछि फरार रहेकी मुसीकोट नगरपालिका–१ की हिमन्ती रावललाई पनि पक्राउ गरिएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा कर्तव्य ज्यानमा फरार रहेका एक, सम्बन्धबिच्छेद मुद्दाका चार, लागूऔषध मुद्दामा एक, बैकिङ कसुरका एक, गाली बेइज्यती मुद्दाका एक, जालसाजी मुद्दाका दुई र लुटपिट तथा कुटपिट मुद्दाका चार जना रहेका छन्।

नाता कायम मुद्दामा एक, जबरजस्ती करणीमा एक, बालविवाहमा एक, सवारी ज्यान मुद्दामा एक र केही सार्वजनिक अपराधको मुद्दामा उनीहरू पक्राउ परेका हुन्। प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार पक्राउ परेकाहरूबाट २१ वर्ष आठ महिना २१ दिन जम्मा कैद र सात लाख ५३ हजार ६६६ रुपैयाँ जरिवाना असुल गरिएको छ।

अन्नपुर्ण 

रुकुम पश्चिममा १९ जना फरार अभियुक्त पक्राउ

साफ यू–२० वुमेन्स च्याम्पियनसिप : भारतलाई हराएर

Leave a comment

Your email address will not be published. Required fields are marked *