बाफिकोट ४ मा रहेको तरकारी ब्लक कार्यक्रमको सार्बजनिक सुनुवाई

प्रचण्ड खत्री,
रुकुम पश्चिम,२३ पाैष ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ४ मा रहेको तरकारी ब्लक कार्यक्रमको सार्बजनिक सुनुवाइ सम्पन्न भएको छ ।जिल्ला कृषि बिकास कार्यलयको आर्थिक सहयोग र स्यार्पुताल कृषक समुहको समन्वयमा सार्बजनिक सुनुवाई सम्पन्न भएको छ ।

तरकारी गर्ने किसानलाई थप उर्जा होस भन्ने उद्देशले तरकारी ब्लक लागू गरिएको हो । तरकारी ब्लकबाट ३ सय पचास घरदुरी लाभान्वित भएको स्यार्पुताल कृषक समुहकि अध्यक्ष पम्फा केसिले बताईन । तरकारी ब्लक बाट टनेल , जोत्ने ट्याक्टर , काउली बन्दा , टमाटरका बीउ , क्यारेड , ३० केजिका तौल लगायतका सामान वितरण गरिएको थियो ।

जिल्ला कृषि बिकास कार्यलयको ७ लाख र स्यार्पु कृषक समुहको ७ लाख गरि १४ लाखमा तरकारी ब्लक कार्यक्रम सन्चालन गरिएको जिल्ला कृषि बिकास कार्यलयका निमित्त कार्यलय प्रमुख मिनबहादुर केसिको भनाई छ । ४ नम्बर वडाका छिनखेत , बालुवाचौर , खोलिबडगाउ , सिम्तारु , लोछाबाङ , कोट लगायतका ठाउँमा कार्यक्रम सन्चालन गरिएको थियो ।






