माओवादी केन्द्र र नेपाल समाजवादीबीच एकताको तयारी

काठमाडौं,२३ पाैष र

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता हुने भएको छ। शनिबार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको भेटमा दुई पार्टीबीचको एकता प्रक्रियाका विषयमा छलफलल भएको छ।

दुई शीर्ष नेताको भेटमा सहभागी नेपाल समाजवादीका नेता विश्वदीप पाण्डेले समसामयिक राजनीति लगायत विविध विषयमा अन्तरङ्ग छलफल भएको बताए। बालुवाटार मा भएको भेटमा पार्टी एकताको मोडेल, विश्वासको मतका लागि राम्रो वातावरण बनाउने लगायतका विषयमा छलफल भएको थियो। पार्टी एकतालाई मूर्त रुप दिन नेकपा माओवादी केन्द्रले आफ्नो पदाधिकारी बैठकबाट औपचारिक रुपमा अघि बढाउने भएको छ।

पार्टी एकताको विषय अघि बढेको र कार्यगत एकताका विषयमा कुराकानी भइहेको र पार्टीको नामका विषयमा पनि दुई दलबीच परामर्श भइरहेको नेताहरूले बताएका छन्।

२०७२ सालमा नेकपा माओवादी त्यागेर डा भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेका थिए। उनले ०७६ साल वैशाख २१ गते उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गरेका थिए। एकतापछि समाजवादी पार्टी नेपाल बनेको थियो । २०७९ असारमा भट्टराइले नेपाल समाजवादी पार्टी गठन गरे।

२०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्नु अघि संयुक्त जनमोर्चा नेपालले भट्टराईकै नेतृत्वमा ४० बुँदे माग तत्कालीन देउवा सरकारलाई बुझाएको थियो । त्यसयता बाबुराम प्रचण्डसँगै थिए । यद्यपि पटक पटक अन्तरसंघर्ष हुँदै आएको थियो ।

अन्नपुर्ण

माओवादी केन्द्र र नेपाल समाजवादीबीच एकताको तयारी

देउवा जीले खुद्रा खेल खेलिरहनुभएको छ, प्रचण्डलाई

माओवादी केन्द्र र नेपाल समाजवादीबीच एकताको तयारी

बाफिकोट ४ मा रहेको तरकारी ब्लक कार्यक्रमको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!