देउवा जीले खुद्रा खेल खेलिरहनुभएको छ, प्रचण्डलाई विश्वासको मत दिनुहोलाः ओली

काठमाडौं,२३ पाैष ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकारलाई सफल बनाउन लाग्नुपर्ने बताएका छन्। पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै ओलीले यो सरकारलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए।

सम्बोधनका क्रममा ओलीले भने, ’प्रचण्डलाई विश्वासको मत दिनुहोला। विश्वासको मत दिने दिन समयमै उपस्थित हुनुहोला। यो सरकारलाई हामी सफल सरकार बनाउन चाहन्छौं। यो सरकारलाई उपयुक्त गाइड गर्न चाहन्छौं। यो सरकारले भ्रष्टाचार नगरोस्। भ्रष्टाचार नसहोस्। यो सरकारले सुशासन र समृद्धिलाई जोड दिओस्। हामी सबै लागेर सरकारलाई सफल बनाऔँ।’

ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले खुद्रा खेल खेलिरहेको आरोप पनि लगाएका छन्। ’उहाँ(देउवा जी)ले एउटा पार्टीको अध्यक्षलाई प्रधानमन्त्री दिन्छु भन्नुभयो। बरु ठुलो दलको पार्टीको नेतृत्वले सरकार बनाउन पाउँछ। कांग्रेस अन्तरविरोधमा खेल्न चाहिरहेको छ। हामी त्यसो हुन दिँदैनौँ,’ ओलीले भने।

सांसदहरूले सुझबुझ पूर्ण व्यवहार गर्नुपर्ने र रिसाउन नहुने ओलीले बताए। उनले भने, ‘सांसद आक्रोसित हुनुहुँदैन, सांसद रिसाउँनु हुदैँन। अनुचित कुरा बोल्ने छुट सांसदलाई छैन। विश्वासको मत दिने दिन समयमै उपस्थित हुनुहोला।’ संसदलाई फोहोरी खेल खेल्ने र दाउपेचको अखडा बनाउन नहुने ओलीको भनाइ छ।

अन्नपुर्ण 

देउवा जीले खुद्रा खेल खेलिरहनुभएको छ, प्रचण्डलाई विश्वासको मत दिनुहोलाः ओली

प्रचण्डलाई विश्वासको मत बारे पुस २६ मै

देउवा जीले खुद्रा खेल खेलिरहनुभएको छ, प्रचण्डलाई विश्वासको मत दिनुहोलाः ओली

माओवादी केन्द्र र नेपाल समाजवादीबीच एकताको तयारी

Leave a comment

Your email address will not be published. Required fields are marked *