प्रचण्डलाई विश्वासको मत बारे पुस २६ मै निर्क्यौल गर्ने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं,२३ पाैष ।

नेपाली कांग्रेस संसदीय दलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने÷नदिनेबारे छलफल भएको छ। आजको बैठकको छलफल निष्कर्षमा नपुगेपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने दिन अर्थात पुस २६ गते नै विश्वासको मतबारे निर्णय गरिने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

लेखकले भने, ’प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने दिन नै नेपाली कांग्रेसले उहाँलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्नेछ।’ आजको बैठकमा सांसदहरूलाई संसदको कार्यतालिकाबारे जानकारी गराएको बताउँदै लेखकले सरकारलाई विश्वासको मत दिने बारे सोही दिन निर्क्यौल गर्ने निर्णय गरेको उनले बताए। कांग्रेसले पुस २६ गते बिहानलाई संसदीय दलको बैठक बोलाएको छ।

कांग्रेस संसदीय दलले कांग्रेसलाई सबैभन्दा ठूलो दलका रूपमा निर्वाचित गर्ने मतदातालाई आभारसहित धन्यवाद ज्ञापन गरेको छ। त्यस्तै निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन भूमिका निर्वाह गर्ने पार्टीका सबै नेता कार्यकर्तालाई धन्यवाद दिएको लेखकले जानकारी दिए।

स्थानीय तहको निर्वाचनपछि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा कांग्रेस नेतृत्वको निवर्तमान सरकारलाई धन्यवाद दिएको, प्रतिनिधि सभामा प्रभावकारी र जिम्मेवार भूमिका निभाउँदै जनाताको विश्वास र पार्टीका नेता कार्यकर्ताको अपेक्षा बमोजिम कार्य गर्न एकताबद्ध ढंगले अघि बढ्ने प्रतिबद्धता जनाएको लेखकले बताए।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलता साथ सम्पन्न गरेकोमा निर्वाचन आयोग, सुरक्षा निकाय, समग्र कर्मचारी प्रशासन, नागरिक समाज, बुद्धिजीवी र निर्वाचनमा संलग्न सबैको भूमिकाको उच्च सराहना गर्दै निर्वाचनको समयमा जनतालाई निरन्तर सुसूचित गर्ने सम्पूर्ण सञ्चार माध्यमप्रति पनि सम्मान प्रकट गरेको सचेतक लेखकले बताए।

संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने प्रक्रिया पनि चाँडै थालिने निर्णय भएको लेखकले बताए। कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेता चयन भएपछि आज पहिलोपटक दलको बैठक बोलाइएको हो। बैठकमा सभापति देउवा नै एक घण्टा ढिलो आएपछि निर्धारित समयभन्दा ढिलोगरी बैठक सुरु भएको थियो।

कान्तिपुर 

प्रचण्डलाई विश्वासको मत बारे पुस २६ मै निर्क्यौल गर्ने कांग्रेस संसदीय दलको निर्णय

देउवा जीले खुद्रा खेल खेलिरहनुभएको छ, प्रचण्डलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!