यस वर्ष मार्सी धान २५ प्रतिशतले बढ्यो

हुम्लामा यस वर्ष मार्सी धान उत्पादनमा वृद्धि भएको छ । अधिकांश खेतमा सिँचाइको सुविधा हुनु र धानमा रोग किरा नलागेको कारण उत्पादनमा वृद्धि भएको हो ।

जिल्लामै सबैभन्दा मार्सी धान उत्पादन बढी हुने चङ्खेली गाउँपालिका–२ की जानकी शाहीले गत वर्ष भन्दा यस वर्ष धान राम्रो फलेको बताए । दुई हल जग्गामा धान रोपेकी शाहीले यस पाँच क्विन्टलभन्दा बढी धान पाएकी छिन् । जब कि सोही खेतमा गत वर्ष धान लगाउँदा तीन क्विन्टल मात्र फलेको थियो ।

कृषि विकास कार्यालयका प्रमुख धर्मबहादुर शाहीले जिल्लाका सातमध्ये ६ वटा गाउँपालिमा मार्सी धान फल्ने र ती सबै गाउँपालिकाको विवरण अनुसार यस वर्ष पच्चीस प्रतिशत धान उत्पादनमा वृद्धि भएको बताए ।

जिल्लाभरि एक हजार तीन सय ७७ हेक्टर जग्गामा धान खेती लगाइएकोमा यस वर्ष दुई हजार एक सय ६७ मेट्रिक टन धान उत्पादन भएको उनले बताए ।

जब कि गत वर्ष सोही जग्गामा धान लगाउँदा एक हजार सात सय ३४ मेट्रिकटन धान मात्र फलेको थियो । उनले यसरी धान उत्पादनमा वृद्धि हुनुमा अधिकांश खेतमा सिँचाइ सुविधा पुगेको र धानमा रोग किरा नलागेको कारण राम्रो उत्पादन भएको बताए ।

यस्तै, मार्सी धान सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिका फल्छ भने नाम्खा गाउँपालिकामा भने धान फल्दैन ।

यस वर्ष मार्सी धान २५ प्रतिशतले बढ्यो

श्रीमानले गरे धारिलो हतियार प्रहार गरी श्रीमतीको

यस वर्ष मार्सी धान २५ प्रतिशतले बढ्यो

ट्रायल सेन्टर बनाउन किन ढिलाईं ?