कर्णालीमा चर्को भाडा

हुम्ला,२३ माघ ।

कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्ला सडकखण्डमा यातायात व्यवसायीले यात्रुसँग चर्को भाडा असुल्ने गरेका छन्। सर्केगार्ड गाउँपालिका–७ का हंश विकले एक हजार सात सय रुपियाँले पिलुचौर पुगेको र पिलुचौरदेखि कालीकोटको लालीघाटसम्म ६१ किलोमिटरका लागि थप एक हजार पाँच सय रुपियाँ तिरेको बताए ।

चङ्खेली गाउँपालिका–४ का जङ्ग रोकायाले सलिसल्लादेखि धुलाचौरसम्म एक हजार सात सय रुपियाँ तिरेको बताए । धुलाचौरदेखि पिलुचौरसम्म थप तीन सय रुपियाँ तिरेको र नयाँ गाडी फेर्दा सुर्खेत बुलबुले यातायात प्रालिले बाजुराको जगन्नाथ गाउँपालिका–१ को पिलुचौरदेखि कालीकोटको लालीघाट बजारसम्म ६१ किलोमिटर दूरीमा दुई हजार रुपियाँ प्रतिव्यक्ति लिएको बताए ।

यति बेला दक्षिणी हुम्लाबाट यात्रा गर्ने यात्रुको अवस्था सबैको उस्तै रहेको छ। कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म १२२ किलोमिटर दूरी छ। यातायात व्यवसायीले गाडी भाडा मनोमानी रूपमा असुल्ने गरेका पाइएको छ।

१२२ किलोमिटर दूरीको भाडादर तीन हजार सात सय रुपियाँ रहेको छ। कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्ला खण्डको सडकमा सञ्चालन हुने गाडीको भाडादर स्थानीय प्रशासनले सिफारिस गरेर सुर्खेत यातायात कार्यालयलाई पठाएको थियो। तर, सिफारिसमा भएको भाडादरभन्दा चर्को भाडा तीर्न यात्रु बाध्य छन्।

सरोकारवाला निकाय उदासीन देखिएपछि हुम्ला, मुगु, बाजुरा जिल्लाका सर्वसाधारण यातायात व्यवसायीको महँगो भाडाको मार खेप्न बाध्य छन्। दैनिक यो खण्डको सडकमा १५ देखि २० वटा जिप र ४० देखि ५० वटा मालवाहक ट्रक ओहोरदोहोर गर्ने गर्छन्।

गाेरखापत्र

कर्णालीमा चर्को भाडा

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यस्तो छ

कर्णालीमा चर्को भाडा

खेलकुदमा बढ्दै लगानी

Leave a comment

Your email address will not be published. Required fields are marked *