देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यस्तो छ आजको मौसम

काठमाडौं,२३  माघ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले पहाडी भू–भागका केही स्थानहरूमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै मंगलबार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। प्रदेश नं. १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यस्तो छ आजको मौसम

जेष्ठ नगारिक तथा अपाङ्ग सम्मान कार्यक्रम

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यस्तो छ आजको मौसम

कर्णालीमा चर्को भाडा

Leave a comment

Your email address will not be published. Required fields are marked *