वातावरण दिवसको अवसरमा कुपिण्डे ताल सरसफाई

दुर्गा विसि

सल्यान । प्लाष्टिक प्रदुषण विरुद्ध लागौं, भन्ने मुल नाराका साथ सल्यानमा  कुपिण्डे ताल सरसफाइ गरी विश्व वातावरण दिवस मनाइएकाे छ । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका ८ मा रहेको प्रसिद्ध कुपिण्डे ताल वरपर फाेहर तथा अव्यवस्थित सडकका तालकाे शाेभा हराउँदै जान थालेपछि सराेकारवालाहरुले चिन्ता व्यक्त्त गरेका छन् ।

ताल वरिपरि सडक उत्खनन गरेकाेमा जिम्मेवार निकायकाे तर्फबाट नगर प्रमुख कर्णबहादुर बुढाथाेकीले माफिसमेत मागे । ताल संरक्षण तथा प्रवद्धनका लागि नगरपालिकाले नीति तयार गरिरहेकाे उनकाे भनाइ ५ ।

ताल वरपर सरसफाइ गर्नुका साथै मन्दिर र ताल वरपर जथाभावी फाेहर नफाल्नसमेत आग्रह गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा नगर प्रमुख बुढाथाेकी, प्रमुख प्रशासकिय अधिकृत जगत घर्ती, वडा अध्यक्ष कुलबहादुर पुरी, ६ नं वडाध्यक्ष गणेश विसि, लेखा अधिकृत दिनेश भण्डारीकाे सहभागिता रहेकाे थियाे । यस्तै प्राविधिक शाखा प्रमुख महेश देवकोटा, स्वास्थ्य शाखा संयोजक बासुदेव पोख्रेल, घनश्याम विसि, सुरक्षा कर्मि, याेग पतञ्जलि समितिका जिल्ला तथा स्थानीय प्रतिनिधिका साथै योग गुरु वसन्तकुमार शर्मा, शिवबहादुर वली. दिवाकर यरी, दिपक यरी, व्यापारी, पत्रकार, शिक्षक, विद्यार्थी, स्थानीयहरुकाे सहभागीता रहेको थियोे ।

वातावरण दिवसको अवसरमा कुपिण्डे ताल सरसफाई

जनप्रतिनिधिले स्वःनियमन कहिले गर्ने ?

वातावरण दिवसको अवसरमा कुपिण्डे ताल सरसफाई

विकास निर्माणका चुनौती र समाधानका उपाय

Leave a comment

Your email address will not be published. Required fields are marked *