पुरिएका घाउहरु उपन्यास विमोचन

अमर सुनार
दैलेख ,२२ माघ ।
उपन्यासकार प्रेमप्रकाश मल्लले मोफसलको पुस्तक कृतिलाई सञ्चार मूलप्रवाहले महत्व दिने गरेको उज्यालो रेडियोको श्रुति सम्वेगमा अच्यूत घिमिरे ‘झरेका पातहरु’लाई वाचन गरेर आफूलाई देशभर चिनायो ।
जङ्ग बोगटी ‘त्रिबेणी’ उमेरले २३ वर्ष पुगे, दैलेखको ठाँटिकाँध गाउँपालिका २ लकान्द्र गाउँमा जन्मिएका उनी उच्च शिक्षा अध्ययन गर्न दैलेख सदरमुकाम आए । सदरमुकाममा पढाई खर्च व्यवस्थापन गर्न सदरमुकामका बोर्डिङ्ग स्कूलमा शिक्षण गर्न थाले ।
बाध्यता र विवसताले दैनिकी चलाउँदै उनी विहान क्याम्पस जाने, दिनभर विद्यालयमा जाने र बचेको समय साहित्य रचना र सृजनामा खर्च गर्न सुरु गरे । सुरुमा त उनी केही गजल मात्रै लेख्ने गर्थे । लेख्दैजाँदा उनले लेखेका गजल एउटा संग्रहमा परिणत भयो । उनले “प्रेमलहरी” नामक एक गजल संग्रह प्रकाशन गरे ।
उनी आफ्नो मन भित्रको साहित्यको भारी विसाउन स्थानीय रेडियो मार्फत साहित्यिक कार्यक्रम सञ्चालन गर्न थाले । यसै शिलशिलामा उनले स्थानीय स्तरमा हुने विभिन्न साहित्यिक कार्यक्रमहरुमा सहभागी हुन थाले । उनका रचना मन पराउनेको संख्या दिनदिने बढ्दै गयो ।
उनको वाचन क्षमता पनि निखारिदै गयो । दर्शक र श्रोताको माया र साथ सहयोगले उनी झन् लेखनलाई तिव्रता दिन थाले । लेख्दै जाँदा उनले आफुले भोगेका भोगाई लेख्ने निधो गरे । आफूसंग भएको एउटा मोवाइलमा टाइप गर्न थाले । मनका वह, भोगाई र समाजको तितो यथार्थ लिपिबद्ध गर्न थाले । लेख्दै जाँदा उनको लेख एउटा उपन्यास नै बन्यो ।
सानै उमेरमा बुबाको स्वर्गवास भएपछि आमाले दुःख पींडासंग लड्दै गर्दा भोगेका पींडा समेटिएको उनको भोगाई अव सबै मान्छेको भोगाई बनेको छ । समाजमा पनि नारीले बेहोर्नुपर्ने पींडा, राजनीतिक बिकृति, बैदेशिक रोजगारीमा जानुपर्ने समाजको बास्तविकता र यसले ल्याउने कारुणिक बियोगको कथा समेटिएको उपन्यास “नपुरिएका घाउहरु” विमोचन गरिएको छ ।
उपन्यास लेखनदेखि प्रकाशनसम्म उनले बेहोरेको कठिनाई यो विमोचनले बिर्साएको छ । उनी भन्छन् ‘मैंले यो उपन्यास लेख्छु’ भन्ने सोचेको पनि थिइन् । सबैको मायाले आज उपन्यास सार्वजनिक गर्न पाउँदा निकै गौरव महशुस गरेको छु ।
उपन्यासकार प्रेम प्रकाश मल्लले पुस्तकको विमोचन गर्नुभयो । बहुचर्चित उपन्यास ‘झरेका पातहरु’का लेखक मल्लले यो मोफसलमै बसेर यस्तो कृति रचना गर्नु गौरवको कुरा भएको बताउनुभयो ।
उपन्यासकार मल्लले मोफसलको पुस्तक कृतिलाई सञ्चार मूलप्रवाहले महत्व दिने गरेको बताउनुभयो । उज्यालो रेडियोको श्रुति सम्वेगमा अच्यूत घिमिरे ‘झरेका पातहरु’लाई वाचन गरेर आफूलाई देशभर चिनाएको प्रसंग उल्लेख गर्नुभयो ।
पुस्तकको समालोचना गर्दै नारायण क्याम्पसका उपप्राध्यापक नरेन्द्रराज उपाध्याय र गुणनीधि आचार्यले पुस्तकले आम नेपालीको पींडा दर्शाएको उल्लेख गर्नुभयो । एउटा युवाले यत्ति ठूलो साहस गरेर उपन्यास नै रचना गर्नुहोला भन्ने आफुले नसोचेको कला साहित्य उत्थान प्रतिष्ठान कसाउ नेपालका संस्थापक सल्लाहकार सुरेन्द्र अधिकारीले बताउनुभयो ।
जिल्लास्थित दर्जनबढी साहित्यकारहरुले विभिन्न लेख रचना वाचन गरको कार्यक्रमको संयोजन कला साहित्य उत्थान प्रतिष्ठान नेपालले गरेको र उपन्यास प्रकाशन भुडी प्रकाशनले छापेको हो ।






