गुर्भाकोट ८ नम्बर वडा कार्यालय द्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

दिलिप ढकाल

सुर्खेत,२० पाैष ।

गुर्भाकोट नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ। वडा नम्बर ८ को वडा कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा वडा भित्रका७० बर्ष उमेर पुगेका १३० जना जेष्ट नागरिकलाई न्यानो कपडा बलाङ्केट वितरण गरिएको गुर्भाकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष किरण बिकले जानकारी दिए ।

छुटेका जेष्ट नागरिकलाई २० गते पूणःन्यानो कपडा वितरण गरिने छ। गुर्भाकोट नगरपालिका उपप्रमुख मैना विकको प्रमुख आथित्य र वडाअध्यक्ष किरण विकको सभापतित्वमान्यानो कपडा वितरण गरिएको हो। चिसो मौसममा न्यानो कपडा पाउदा जेष्ठ नागरिकले खुशी व्यक्त गरेका छन्।

गुर्भाकोट ८ नम्बर वडा कार्यालय द्वारा जेष्ठ  नागरिकलाई न्यानो कपडा वितरण

गुर्भाकोट ६ सातमुलेमा परालको टौवामा आगलागी

गुर्भाकोट ८ नम्बर वडा कार्यालय द्वारा जेष्ठ  नागरिकलाई न्यानो कपडा वितरण

स–सर्त सरकारमा जाने जसपाको निर्णय

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!